Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले शिक्षामा परिवर्तन

\"\"पोखरा । युएसएडको सहयोग र शिक्षा मन्त्रालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम (इजिआरपी) प्रभावकारी बन्दै गएको छ । कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको छलफलमा कक्षा १, २ र ३ का बालबालिकाको पठन सीप विकासमा युएसएडअन्तर्गत इजिआरपी कार्यक्रमले कास्कीलगायत छ जिल्लाका बालबालिकाका लागि समुदायमा आधारित यस कार्यक्रमको प्रभावकारिताले पठनपाठनमा परिवर्तन ल्याउन सफल भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिए । कार्यक्रम सञ्चालनसँगै यसले गाउँपालिकामात्र नभई पोखरा लेखनाथ महानगरका सामुदायिक विद्यालयमा राम्रो प्रभाव पारेको कास्कीका उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बताए । बालबालिकाको पठन सीपको विकासमा यो कार्यक्रम सहयोगी भएको बताउँदै उनले भने, ‘स्थानीय तहको काँधमा आएको यो कार्यक्रमलाई विद्यालय र अभिभावकको समन्वयमा निरन्तरता दिन आवश्यक देखिएको छ ।’ इजिआरपी कार्यक्रम निरन्तर चलाउनु पर्नेमा जोड दिँदै पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले दाताको सहयोग नभए पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउनु जरुरी भएको बताए । गोगन माविका प्रधानाध्यापक डम्मरप्रसाद पौडेलले कार्यक्रमले घर घरमा बालबालिकाको पढ्ने बानीको विकास, हुँदै पढाइ सीपमा सुधार र अभिभावकले आफ्ना बालबालिकालाई पढाउन समय दिनु पर्नेतर्फ सचेत गराएको बताए । भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले कार्यक्रमसँगै विद्यार्थीको घर घर गएर बालबालिका पढे÷नपढेको अनुगमन गरी अभिभावकलाई सचेत बनाउने गरिएको उनले बताए। तीन वर्षे कार्यक्रमअन्तर्गत जिल्लाका २२ स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा लागू गरी टोल टोलमा पढाइ समूह गठन गरिएको इजिआरपी कार्यक्रम क्षेत्रीय संयोजक दीपक शर्माले जानकारी दिए । उनका अनुसार प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमले जिल्लाका ३८७ विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययनरत करिब १४ हजार विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकसमेतलाई अभिमुखीकरणको माध्यमबाट बालबालिकाको पठन सीपलाई अझै उत्तरदायी बनाउँदै लगिएको समुदायस्तरको कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी पाएको बाल हितकारी परियोजनाका कार्यकारी अधिकृत माधव आचार्यले बताए । समुदाय परिचालनको सम्बन्धमा अभिभावक दौँतरी शिक्षा, शिक्षक अभिभावक सम्मेलनलगायत टोल पढाइ समूहलाई स्थानीयस्तरमा पठन सामग्री निर्माणलगायतका क्रियाकलाप गर्दै घर तथा समुदायमा पढाइ वातावरण तयार गर्न सहयोगी बनेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending