Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

 

\"\"सुर्खेत । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।

प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको गरी २१५ कर्मचारीको दरबन्दी कायम छ । दरबन्दीअनुसारका कर्मचारी यो प्रदेशमा नआएको ६ नं प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । मन्त्रालयका सचिवसहित आजसम्म ६६ जनाले कर्मचारीले नियमित हाजिर गरिरहेको उनले बताए । यो प्रदेशमा दरबन्दी भएर पनि १५० कर्मचारी अझै सम्पर्कमा आएका छैनन । प्रदेश नं ६ अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, प्रदेशसभा संसद्को सचिवालयमा १६, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २१, सामाजिक विकास मन्त्रालयमा २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना गरी १४९ जना कर्मचारी सम्पर्कमा नआएको प्रमुख सचिव प्रधानले जानकारी दिए । केन्द्रले खटाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवमार्फत पनि ताकेता तथा थप कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग नियमित समन्वय गर्नेकाम भइरहेको पनि उहाँले जानकारी दिए । “मन्त्री नियुक्त भएर मन्त्रालयमा आइसक्नुभएको छ तर केन्द्रीय सरकारले पठाएका कर्मचारी नहँुदा कामकाजमा समस्या भयो” उनले भन्नुभयो । हालसम्म सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा तीन जना मात्रै हाजिर भएको प्रधानले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन सचिव यज्ञराज बोहरा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव केशवप्रसाद आर्चाय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव ढुण्डीप्रसाद निरौला, सामाजिक विकास मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव विद्यानाथ झा र भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयमा सचिव शिवनारायण चौधरीले जिम्मेवारी समालेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भने सचिव नहुँदा निमित्त सचिवका रुपमा शाखा अधिकृत निर्मला रेग्मीले काम गरिरहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending