Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

बजार क्षेत्रमा जडान गरिएका सिसीटिभी क्यामरा प्रयोगविहीन

\"\"नुवाकोट । मुख्य बजार क्षेत्रमा जडान गरिएका सिसीटिभी (क्लोजसर्किट टेलिभिजन) क्यामरा प्रयोगविहीन भएका छन् । नुवाकोट उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाको मुख्य बजार क्षेत्रमा जडान भएर प्रहरी कार्यालयमार्फत निगरानी गरिँदै आएको २५ थान क्यामरा सबै प्रयोगविहीन भएको हो । संघको पहलमा रु ३५ लाखमा जडान गरिएका क्यामरा मर्मतका लागि रकम उपलब्ध नगराउँदा बिग्रिएको सम्बन्धित पक्षले बेवास्ता गरेपछि एक महिनादेखि थन्किएका छन् । एक वर्षअघि संघले तत्कालीन जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय सस्थासँगको आर्थिक सहयोगमा क्यामरा जडान गरेको थियो । त्यसका लागि रु ३५ लाख खर्च भएकामा रु आठ लाख भुक्तानी हुन बाँकी रहेको संघका कोषाध्यक्ष गीता अमात्यले जानकारी दिए । उनका अनुसार अपेक्षाअनुसार नगद सहयोग संकलन नहुँदा क्यामरा जडान गर्ने कम्पनीको भुक्तानी रोकिएको हो । जिल्लाको बजार क्षेत्रमा पर्ने गंगटेदेखि बट्टार, विदुर, ढुंगे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर मुख्य सडक क्षेत्रमा जडान भएका क्यामराले काम नगरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। ‘बजार क्षेत्रमा शान्ति सुरक्षा तथा सडक सुरक्षालाई मध्यनजर गरी जडान भएका क्यामरा अहिले कुनै पनि चलेका छैनन्,’ प्रहरी उपरीक्षक कुँवरले भने, ‘कुनै दुर्घटना भएमा सर्वसाधारणमा क्यामराबाट निगरानी हुन्छ भन्ने विश्वास भए पनि त्यो सेवा अहिले ठप्प हुँदा कठिनाइ भएको छ ।’ क्यामरा जडानले जिल्ला सदरमुकामसहित बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन, चोरी–अपराध निरुपण गर्न, दुर्घटना न्यूनीकरण र घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रभावकारी बन्दै आएको थियो । प्रहरी कार्यालयमा राखिएको स्क्रिनमार्फत निगरानी गरी क्यामराको सहयोगमा सञ्चालनको एक वर्ष एक दर्जन अपराध तथा सवारी नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन नुवाकोट प्रहरी सफल बनेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending