Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

माअोवादीको भागमा ६ मन्त्रालयः मन्त्री बन्न हानाथापले कतै सहमति, कतै विवाद

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारमा मन्त्री बन्न आकांक्षीहरुको लर्को देखिएको छ । मन्त्री छनौट गर्ने मापदण्डका बारेमा विवाद नभएपनि मापदण्ड नै पूरा गरेका आकांक्षी धेरै र पाउने मन्त्रालय कम भएपछि मन्त्री छान्न समस्या परेको देखिएको छ । माओवादीले मन्त्री छनौट गर्दा समेत समावेशी समानुपातिक सिद्दान्तका आधारमा भौगौलिक क्लस्टरदेखि महिला, दलित, जनजाति, मधेसी समावेश गर्ने बताउँदै आएको थियो । तर, मन्त्रालयका संख्या कम भएपछि कसलाई छान्ने र नछान्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन । माअोवादीले रामबहादुर थाप बादल नेतृत्वमा सरकारमा जान करिब टुङ्ग्याइसकेको छ । बादलसँगै बर्षमान पुन, मातृका यादव, पम्फा भुसाल पनि मन्त्री हुने पक्कापक्कि जस्तै छ । खबरडबलीलार्इ प्राप्त जानकारीअनुसार ६ मन्त्रालय भागमा परेको माअोवादीले २ मन्त्रालयमा भने कसलाइ पठाउने भन्नेबारे टुंगो लगाउन सकेको छैन् । भौगौलिकरुपमा ७ वटा प्रदेशबाट १ जना मात्र मन्त्री छनौट गर्दा समेत ७ मन्त्रालय दावी गर्नुपर्ने हुन्छ । जबकि १५ मन्त्रालय हुने अवस्थामा माओवादीले ६ वटा मात्रै पाउने देखिन्छ भने मन्त्रालय संख्या १९ पुगेको अवस्थामा पनि माओवादीले १–२ मन्त्रालयमा मात्रै थप पाउने अवस्था छ । अर्कोतर्फ प्रदेशका आधारमा मन्त्री छनौट गर्दा कुनै कतिपय प्रदेशमा एक बढी आकांक्षी भएका कारण कसलाई रोज्ने भन्ने प्रश्न झनै पेचिलो बनेको छ । माओवादी केन्द्रका लागि सबैभन्दा सजिलो भनेको प्रदेश नम्बर २ बनेको छ । प्रदेश नम्बर २ ले मधेसी प्रतिनिधित्व समेत गर्ने भएको र त्यहाँबाट प्रभु शाह र मातृका यादव २ जना आकांक्षा देखिएकोले एकलाई छनौट गर्न सजिलो भएको छ । प्रभु साह देउवा सरकारमा समेत मन्त्री थिए । माृतका यादव पनि एकचरण मन्त्री भएपनि एकता प्रक्रियामा आएका र मधेसको प्रतिनिधित्व गर्ने नेता हुन् । त्यो अवस्थामा माृतकालाई छनौट गर्दा एकता प्रक्रिया, मधेसी दुबै समेटिन सक्ने र प्रभु साहले समेत दावी नगर्ने अवस्था देखिएकोले उनलाई छनौट गर्न सजिलो भएको हो । तर, अन्य प्रदेशमा भने त्यो अवस्था देखिन्न । प्रदेश नम्बर ४, ५ र ६ मा सबैभन्दा बढी आकांक्षीहरु देखिएका छन् । कतिपय आकांक्षीहरु यसअघि पनि मन्त्री भएका छन् भने चक्रपाणी खनाल, नयाँशक्तिबाट आएका देवेन्द्र पौडेललगायत केही भने पहिलो पटक मन्त्रीको दावी गरिरहेका छन् । यी प्रदेशमा कर्णाली, जनयुद्धको मुख्य आधार क्षेत्र रोल्पा–रुकुम सहितको क्लस्टरबाट बढी आंकाक्षी देखिएका छन् । प्रदेश नम्बर ७ मा भने त्यस्तो विवाद र आकांक्षीहरुको लर्को देखिएको छैन । प्रतिनिधि सभामा ३ जना मात्रै प्रत्यक्ष निर्वाचित सांसद रहेको प्रदेश नम्बर ७ मा लेखराज भट्ट र गौरीशंकर थारु २ जना यसअघि मन्त्री भएका छन् भने बीना मगर पहिलो पटक संसद बनेकी हुन । प्रदेशको समीकरण हेर्दा ७ बाट भने जो मन्त्री बनेपछि सहमतिमैं बन्ने देखिन्छ । यसबाहेक विगतको गुट उपगुटको छायाँ समेत माओवादी केन्द्रमा अझै बाँकी रहेको देखिन्छ । सामाजिक सञ्जालका अनौपचारिक चर्चाहरुमा फलानो फलानोको समूहबाट भन्ने कुराकानी अहिले पनि भइरहेको देखिन्छ । मन्त्रीका आंकांक्षी बढी भएपछि संगठनको जिम्मेवारी र सरकारको जिम्मेवारी बाँडफाँडका लागि एमालेसँगको पार्टी एकताले पनि सम्बन्ध राखेको छ । एकता भएको अवस्थामा प्रदेश अनुसार संगठनको कमाण्ड लिन सक्नेहरू समेत आवश्यक पर्ने पक्षलाई समेत ध्यान दिनुपर्ने दबाबमा माओवादी केन्द्र रहेको छ । सबै सरकारमा मात्रै जान चाहने र संगठनमा दरिलो र कुशल नेतृत्व नहुने अवस्थामा यसले भविष्यमा असर पर्नसक्ने सम्भावनालाई मध्यनजर गरेर मन्त्री छान्नुपर्ने समेत माओवादीभित्र आवाज उठेको छ । अर्कोतर्फ मन्त्रालयको संख्या, त्यसको नामांकरण र कार्यक्षेत्र तथा एमालेबाट आउने मन्त्रीहरुसँगको मर्यादाक्रम लगायतका विषयहरु समेत मन्त्री छनौट ढिलाई हुनुका कारण बनेका छन् । पार्टी एक हुने अवस्थामा मन्त्री बन्नेको पार्टीभित्रको मर्यादाक्रम र सरकारमा पनि मन्त्रालय अनुसार दिइने जिम्मेवारीका बारेमा सोच्नुपर्ने अवस्था माओवादी केन्द्रमा रहेको छ । तर, आकांक्षी धेरै भएपनि व्यवस्थापन गर्न भने त्यस्तो असहज नै नभएको केन्द्रका एक नेताले बताए । अहिले चर्चामा आएका सबै नामहरुले सरकारमा भूमिका नै खोजेका छन् भन्ने होइन, कतिपय अवस्थामा संगठनको जिम्मेवारी निर्धारण भए संगठनमा बस्ने सांसदहरु समेत रहेको उनले बताए । यो हप्ताभित्रै यो कुराको निक्र्याैल हुनसक्ने उनको भनाई थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies