Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

नयाँ शक्तिको उद्घाटनसत्रमा बाबुराम भट्टराईले यसो भने

\"\"कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्व नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन् । नयाँ शक्ति पार्टी, नेपालको चौथो बिस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताए ।
\'विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो,\' उनले भने \'अहिले विश्नै वैचारिक संकटबाट गुज्रिरहेको छ, हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं ।\'
संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट ग्रुज्रिरहेकोले बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्नेमा जोड दिए । \'भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्,\'  उनले भने \'हामीले फेरि एउटा आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।\'
संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा नहुने बताउनुभयो । \'नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ,\' उनले भने \'गौतम बुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन ।\'
बुद्धले कसरी कष्टसाध्य ढंगले ज्ञान प्राप्त गरे भन्ने उनले सविस्तार व्याख्या गर्दै संयोजक भट्टराईले ६ महिनासम्म तपस्या गर्दा सबै साथीले छाडेको र भागदौड मच्चिएको र ज्ञान प्राप्ति भएको बेला बुद्ध एक्लै भएको स्मरण गराए । \'राजा शुद्धोधनले पनि ९ पटकसम्म दरबार बोलाउन पठाएका थिए, अत्याउने र सुन्दरीहरुबाट मोहित गर्ने प्रयास पनि भएको थियो ।\'
संयोजक भट्टराईले नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको बताए । \'राजनीति बिग्रिएको छ, फोहोर र भ्रष्टाचारबाट व्याप्त छ,\' उनले भने \'हिजोका क्रान्तिकारीहरु पनि भ्रष्टाचारले रंगिएका छन् । यसर्थ, हामीले रुपान्तरणको लागि नयाँ राजनीति सुरु गरेका हौं ।\'
\'रुपान्तरणको निम्ति शक्ति आर्जन गर्न र सन्देश दिन हामी लुम्बिनी आएका हौं,\' उनले भने \'विचार भनेको कम्पास हो, यसले बाटो देखाउँछ । हामी यही सही विचार प्राप्त गर्दै बुझाईमा एकरुपमा कायम गर्न लुम्बिनी आएका छौं ।\'
नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको बताउँदै संयोजक भट्टराईले पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्ति तेस्रो ध्रुवको रुपमा उदाउने निश्चित भएको बताए । \'शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ,\' उनले भने \'उनीहरु उनकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।\' उनले नयाँ शक्तिले आफैभित्रका पनि रोगहरुको उपचार गर्दै लुम्बिनी संकल्प गरेर कार्यक्षेत्रमा फर्कने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending