Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

  [caption id=\"attachment_30280\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

चितवन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिनुभयो । त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली जंगल पठाइने उनले बताए । जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रमको सहयोग र समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सालकको अध्ययन गर्न लागेको हो । चितवनको कयरखोलादेखि भण्डारा ब्लकमा अध्ययन हुने भट्टराईले जानकारी दिए । मुख्यगरी सालकको अवस्था पत्ता लगाई यसको संरक्षित क्षेत्र बनाउने योजनाका साथ अध्ययन हुन थालेको जिल्ला वन अधिकृत केदार पौडेलले बताए । नेपालमा सालकको राम्ररी अध्ययन हुन सकेको छैन । स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । विश्वमा आठवटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक मात्रै पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले जैविक विविधतामा पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्ने वन्यजन्तु विज्ञले बताएका छन् । सालकको अवस्थासँगै कुन प्वालमा सालक बस्छ, कस्तो प्रकृतिको माटोमा यसको वासस्थान हुँदो रहेछ भन्ने कुरा पनि अध्ययन गरिने कोषका अनुसन्धान अधिकृत भट्टराई बताउँछन् । स्याल दुम्सीले पनि प्वाल खनेको हुन्छ । सालकको र अन्य जनावरको प्वालमा के फरक छ भन्ने पनि अध्ययन हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending