Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

\"\"नगरकोट । शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिएका छन्। भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र प्रविधिका विषयमा स्थानीय पाठ्यक्रममा राख्न सकिने विषयवस्तुबारे प्रस्तुतीकरण दिएका थिए । मेघा माविका प्रअ गंगाधर हाडाले भक्तपुरको पर्यटन र वाइजल्याण्ड स्कुलका प्रअ आशकुमार चिकंबञ्जारले स्थानीय खेलबारे धारणा राखेका थियो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअबीच छलफल गरी आएका सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बताए । सरोकारयुक्त पक्षसँग पटक पटक छलफलपछि पाँच सदस्यीय कार्यदल पनि गठन गरिएको छ । नयाँ शैक्षिक सत्रदेखि नै नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने बताइएको छ । नगर प्रमुख प्रजापतिले नगरपालिकाले सात शैक्षिक संस्था तथा तीन जनस्वास्थ्य केन्द्र सञ्चालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको जानकारी दिँदै सबैको सामूहिक प्रयास र प्रतिबद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाका लागि भक्तपुर उदाहरणीय बन्ने बताए। स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाबाट गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकानुसार आवश्यकता पहिचान, नीतिगत निर्णय र पाठ्यक्रम निर्माण चरण पूरा गरिने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending