Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

\"\"भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय तहमा आएपछि यसको गुणस्तर वृद्घि हुँदै गएको बताए । गरी खाने शिक्षा नै प्राविधिक शिक्षा भएकाले अब प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालयले बजारमा बिक्न सक्ने गरी युवा तथा विद्यार्थीलाई तयार गर्नुपर्नेमा उनले जोड दिए । पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले देशलाई चाहिने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै पाठ्यक्रम विकास केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षाको विद्यालय पाठ्यक्रम, उत्पादित जनशक्ति, देशमै खपत हुने गरी पाठ्यक्रम निर्माणको तयारीमा रहेको जानकारी दिए । उनले अहिले उत्पादन भइरहेका जनशक्ति विदेश पलायन भइरहेका तर देशमा भने काम गर्ने युवाको अभाव हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको बताए। भेलामा संघीय तथा स्थानीय तहमा प्राविधिक शिक्षाको स्थान, कक्षा थप, व्यावहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालीम प्राप्त उपलब्धिको स्थायित्व, विद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल गरिनाका साथै प्रदेश र जिल्लास्तरमा समेत सञ्जाल निर्माणबारे विस्तृत बहस हुने सञ्जालका केन्द्रीय अध्यक्ष एवं पद्म उमाविका प्राचार्य राम हाडाले बताए । सञ्जालका अध्यक्ष हाडाले भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने सय विद्यालयका प्राचार्य वा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र सञ्जालका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको जानकारी दिए । सञ्जालका सचिव ध्रुव गिरीले भेलाका क्रममा प्रदेश नं १ देखि ७ सम्मका बिद्यालयको समूहगत समस्या तथा सुझाव संकलन गरी निर्णय अभिलेखीकरण गरिने बताए । सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको आधार मान्दै छनोटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स इन्जिनियरिङ तथा कृषिसम्बन्धी प्राविधिक शिक्षा सञ्लनमा ल्याएको थियो । हाल देशभरका २८४ द्यिालयमा प्राविधिक, शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ भइरहेको सञ्जालले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending