Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मौरीपालनबाट वार्षिक तीस लाख आम्दानी गर्दै पूर्वप्राध्यापक

\"\"कपिलवस्तु । वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा मास्टरको परिचय बनाउनुभएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका हुन् । उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका छन् । बीस घार मौरीबाट व्यवसाय शुरु गरेको उनले अहिले बढाएर १०० घार पु¥याएका छन् । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाएका छन् । एक सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आउएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उहाँको भनाइ छ । उनले उत्पादन गरेको मह प्रदेश नं ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उनले अहिलेसम्म रु ४० लाख लगानी लगरेका छन् । अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गर्नुभएका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउँछन् । उनले भने, ‘मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु”, “तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।’ पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरा भउको उनले बताए । श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गर्नुभएका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिएका छन् । उनले मौरीको मह बेच्ने ‘अर्जुन बेस्ट हनी’ नामको आफ्नै पसल पनि सञ्चालन गर्दै आएका छन्। पसलबाट पनि राम्रै कारोबार हुने गरेको उनको भनाइ छ । ‘आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु’, उनले भने, ‘त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।’ देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उनको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहनुभएका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताए । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending