Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सीमा नाकाबाट चेलीको उद्धार

\"\"कपिलवस्तु । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो । यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया एक किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माका अनुसार निज चेली घरमा कुनै जानकारी नदिई भारतको बलरामपुर जाँदैगर्दा सीमाबाट उद्धार गरिएको हो । उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भारततिर जान लागेको निज चेलीले बताएको विश्वकर्माले बताए ।

भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पु¥याई निज चेलीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सीप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिए । विश्वकर्माका अनुसार जोखिममा रहेका चेलीलाई सीप उपलब्ध गराई व्यवसायमा समेत सहयोग गर्ने हुँदा धेरै चेलीको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा गर्व महसुश हुने बताए । करिब एक महिनाको अवधिमा चारजना चेलीको विभिन्न जोखिमबाट उद्धार गरी केआई नेपालको सुरक्षित आवासगृहमा पठाइएको संयोजक विश्वकर्माले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies