Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

१६८ घण्टापछि उद्धार भएका १०५ वर्षीय वृद्ध भन्छन्, ‘बाँचुपर्ने मरे, म बुढोचाहिँ बाँच्नुपर्ने । कलियूग यही होला ’

नुवाकोट, किम्ताङ–८ का १०५ वर्षीय फन्चु घले उमेरले अस्ताउनै लागिसके । १२ गतेको विनासकारी भूकम्पमा उनी घरभित्रै थिए र पुरिए । आफन्त र गाउँलेहरुले समेत उनलाई ज्यँदो देख्ने आशा मारिसकेका थिए । तर, त्यसको आठ दिनपछि कसैले विश्वास नै गर्न नसक्नेगरी वृद्ध फन्चु जिवितै भेटिए । यो उमेरमा पनि उनले फेरी नयाँ जीवन पाए । यस्तो कहालिलाग्दो संकटमा पनि भोकभोकै बाँचेका उनी युवा उमेरकोझैँ जोसिला र फूर्तिला देखिन्थे । शनिवार नुवाकोट प्रहरीसहितको उद्धार टोलीले ध्वस्त भएको घरभित्रबाट उनलाई १ सय ६८ घण्टापछि जिवितै रहेको अवस्थामा फेला पारेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याइएका उनको अहिले जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । तर हातगोडामा केही चोटपटकबाहेक उनको अवस्था सामान्य छ । ‘बाँच्नुपर्नेहरु अकालमै मरे, म मर्नुपर्ने बेला भइसकेको बूढोचाहिँ अझैँ कति बाँच्नुपर्ने हो ! फन्चु आश्चर्यचकित भएर भन्दै थिए, ‘कलियूग भनेको नै यही होला है !’ बाँच्न पाएकोमा फेरी गर्व गर्दै भने, ‘मैले पुर्नजन्म पाएँ, अर्को जुनी नै फेरेजस्तो लाग्यो ।’ घर पुरै ढलेपनि आफू धेरै नथिचिएको र त्यहाँबाट निस्कने ठाउँ पनि नभएको उनले बताए । ‘सास फेर्न हावा कतैतिरबाट आउँथ्यो, फन्चुले पुरिएर बस्नुपर्दाको कहानी सुनाउँदै भने, ‘भान्छा छेउमै थिएँ, अलिकति पिठो र पानी थियो खाएर बाँचे ।’ पिठो छउन्जेल बाँचेपनि गाउँका सबै मरिसकेको ठानेका उनले कसैले झिक्न नआएपछि मरिने पक्कापक्की गरिसकेको पनि बताए । भूकम्पले बाक्लो बस्ती भएको उनको गाउँ किम्ताङमा मात्रै २७ जनाभन्दा बढीको ज्यान लियो । वस्तीभरिका घरहरु तासझैँ ढलेर माटोमा मिलेका थिए । ज्यान जोगाउन भागेकाहरु टाढा नाङ्गा पाखातिर पुगे । नसक्ने वृद्धवृद्धा र बालबालिका अनि पशुचौपायाहरु पुरिए । समयमै राज्यबाट उद्धार पाएको भए बाँच्नसक्ने परिवारका सदस्य र छिमेकी गाउँलेहरुको समेत उद्धार हुन नसकेकै कारण मृत्यु हुनपुग्यो । यही अवस्थाकाबीच फन्चुलाई जीवित या मृत जे भएतापनि धेरैदिनसम्म उद्धार गर्ने कोही आएनन् । गाउँका धेरै घरमा शव पुरिएको आशंकामा आठौँ दिनपछि प्रहरी र गाउँलेहरुसहितले उत्खनन् गरे । अन्ततः सबैलाई अचम्मित पार्दै उनी जीवितै फेला परे । प्रहरीले समयमै जानकारी नपाएकोले तत्काल उद्धार गर्न नपाएको बताउँदै नुवाकोटका डिएसपी अरुण पौडेलले खुसी व्यक्त गर्दै भने, ‘ढिलै भएपनि प्रहरीको यो ठूलै सफलता हो ।’ १९९० सालमा गएको विनासकारी भूकम्पका बेला फन्चु २४ वर्षे लक्काजवान ठिटो थिए । उबेला उनले भूकम्पको असर राम्रैसँग भोगेको अनुभव पनि सुनाउँदै थिए । ‘त्यतिखेरको भन्दा अहिले ठूलो आयो भुँइचालो, फन्चु उहिलेको र अहिलेको भूकम्पको प्रभावलाई तुलनात्मक रुपमा जोख्दै भन्छन्, ‘९० सालमा भुइँचालो आउँदा म घरभित्रै सुतेको थिएँ । गाउँमा कोही पनि मान्छे मरेका थिएनन्, तर अहिले कत्ति मरे कत्ति । आम्मै नि ! मेरो त सात्तो नै गयो ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending