Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

शहीदढोकामा माल्यार्पण

\"\"काठमाडौँ । जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा मृत्युदण्ड पाएका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको योगदान स्मरण गर्दै शालिकमा माल्यार्पण गरिएको छ ।

योगी नरहरिनाथ आध्यात्मिक परिषद्को अगुवाइमा भएको कार्यक्रममा सहभागी वक्ताले मुलुक र जनताको हितका खातिर बलिदान दिएका शहीदप्रति राज्यका तर्फबाट योगदानको कदर मात्र नभई शहीदढोकाको समेत सरक्षण हुन नसकेको गुनासो गरे ।

परिषद्का अध्यक्ष शंकर पौडेलले शहीदगेटको संरक्षण हुनुपर्ने बताए । शहीदको बलिदानीपछि प्राप्त प्रजातन्त्रको असल अभ्यास नहुँदा देशले ठूलो राजनीतिक उतारचढाव व्यहोर्नु परेको उल्लेख गर्दै उनले प्रजातन्त्रकै बलमा जनताका धेरै छोराछोरी मन्त्री, प्रधानमन्त्री भइसक्दा पनि शहीदको भावनाको सम्मान हुन नसकेको आलोचना गरे । अन्य वक्ताले राणाशासनविरुद्ध बलिदान दिने शहीदको भावनालाई सरकारले शिरमा राख्नुपर्ने तथा अरुले पनि उनीहरुलाई बिर्सन नहुने धारणा व्यक्त गरे । राज्यका तर्फबाट शहीदढोकामा औपचारिक कार्यक्रम हुनुपर्छ भनी दवाव दिँदै प्रत्येक वर्ष माघ १६ गते त्यहाँ विभिन्न संघसंस्थाबाट श्रद्धाञ्जलि र माल्यार्पण कार्यक्रम सञ्चालन हुँदै आएको छ । विसं २०१८ देखि २०६३ सालसम्म विश्वका २०० भन्दा बढी राष्ट्र प्रमुख एवं सरकार प्रमुखबाट पुष्पहार अर्पण र माल्यार्पण गरेको ऐतिहासिकस्थलको राज्यबाट विशेष रुपमा संरक्षण हुनुपर्ने माग माल्यार्पण गर्न पुगेका व्यक्तिहरुले गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending