आफ्ना आसेपासेलाई धनी बनाउन र कार्यकर्तालार्इ जागिर खुवाउन विभागमा देउवाकाे दवाव, नेतृत्वका लागि पीए सक्रिय
माघ १६ गते, २०७४ मगलवार 30th January, 2018 Tue१३:४८:४५ मा प्रकाशित
काठमाडौं । देशको अर्थतन्त्र र सिष्टमलाई खोक्रो बनाउने र पार्टीका नेता तथा आफ्ना आसेपासेलाई धनी बनाउने खेलमा लागेकाे कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाकाे अर्काे रहस्य खुलेकाे छ ।
मनाेमानी निर्णय गरेका देउवाले राज्यका हरेक अंगहरुलाई अपांग बनाउने खेल खेलिरहेका छन् । आफ्ना कार्यकर्ता कहाँ कसरि भर्ना गर्न सकिन्छ ? जसरी हुन्छ भर्ना गर्न देउवाले दबाब दिइरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागमा पनि देउवाले वारम्वार दवाव दिइरहेकाे खुल्न अाएकाे छ ।
त्यसकाे नेतृत्व समालिरहेका छन् प्रधानमन्त्रीका पीए भानु देउवाले । पीए भानु देउवाले त्यससम्बन्धी फाइल आफैं बोकेर कहिले गृह मन्त्रालय त कहिले लोकसेवा आयोग धाउने गरेका छन् । स्रोतले दिएकाे जानकारी अनुसार सत्ता छाड्ने बेलामा उनले ६० जना कार्यकर्ता गुप्तचरमा भर्ना गर्न खोजेका छन् । त्यसका लागि पीए देउवाले लाखौं रुपैयाँ उठाएका छन् ।
राज्यका कुनै पनि निकायमा लोकसेवा आयोगको सहमति बेगर भर्ना लिन नपाइँने संवैधानिक व्यवस्था छ । नयाँ संविधान जारी भएपछि आयोगले यस्ता भर्नाहरु रोक्दै आएको छ । यसअघि शक्ति बस्नेत र विमलेन्द्र निधिले पनि गुप्तचरमा कार्यकर्ता भर्नाका लागि निकै प्रयास गरेका थिए ।
तर, आयोगका अध्यक्ष उमेश मैनालीले आफूले कुनै पनि हालतमा संविधानविपरीत निर्णय नगर्ने भन्दै त्यस्तो प्रस्तावलाई अस्वीकार गरेका थिए । अहिले फेरि मैनालीलाई देउवाका पीएहरुले भर्ना सहमतिका लागि पटक पटक दबाब दिइरहेका छन् । गुप्तचरमा रिक्तमध्ये १० प्रतिशत छड्के भर्ना गर्न सक्ने प्रावधान छ ।
विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिलाई विभागमा भर्ना गरेर ती क्षेत्रका गोप्य सूचनाहरु संकलन गर्ने उद्देश्यले छड्के भर्नाको प्रावधान राखिएको थियो । तर, उद्देश्यभन्दा विपरीत त्यसमा गृह मन्त्रीहरुले आफ्ना कार्यकर्ताहरु भर्ना गर्दै आएका छन् । अहिले पनि पैसा उठाएर प्रधानमन्त्री निकट व्यक्तिहरु गुप्तचरमा भर्नाको चलखेलमा लागेका छन् ।
गृह मन्त्रालयसमेत प्रधानमन्त्री देउवाले नै सम्हालेकाले उनका पीएहरुले यस्तो चलखेल गरिरहेका हुन् । प्रधानमन्त्रीका पीएहरुले नै गृह मन्त्रालय चलाउँदै आएकाे स्राेत बताँउछ । प्रधानमन्त्रीका पिए भानुले गृह मन्त्रालयअन्तर्गतका कारोबारहरु हेर्दै आएका छन् । स्राेतले भन्याे, गृहमन्त्रीको सुराकी भत्ता पनि उनले नै बुझ्दै अाएका छन् ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: