Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

कुवेतमा बिचल्ली परेका २० कामदार नेपाल फिर्ता

\"\"काठमाडौं । कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ ।

त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ ।

त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण नभएका १७ जना कामदारलाई राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइ सकिएको छ । साथै कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्ध सिन्धुपाल्चोक सेवा समाज, दलित एकता सञ्जाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा दुई जना कामदारलाई नेपाल पठाइएको छ । त्यसबाहेक अन्य दुई जनालाई समेत राजदूतावासले आफ्नै पहलबाट स्वदेश फिर्ता पठाइएको जनाएको छ । खराफी नेशनल कम्पनीको सुलेबिया आयोजनामा कार्यरत रहँदा कम्पनीले आवासीय प्रवेशाज्ञा नवीकरण नगरेको तथा तलब नदिएको उल्लेख गर्दै राजदूतावासमा समस्या समाधानका लागि ९४ जना नेपाली कामदारले निवेदन दिएका थिए । उल्लेखित कामदारमध्ये हालसम्म २९ जना र उक्त कम्पनीको अन्य आयोजनामा कार्यरत ३२ जना गरी जम्मा ६१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता पठाइ सकिएको छ । सो कम्पनीमा समस्यामा रहेका अन्य कामदारको समस्या समाधान एवं स्वेदश फिर्तीका लागि राजदूतावासले प्रयास जारी रहेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending