Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

बादललार्इ राष्ट्रियसभाको अध्यक्ष बन्ने बाटो खुला

[caption id=\"attachment_150346\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा कनिष्ट नेताहरुलाई उम्मेदवारी बनाएपछि माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा अध्यक्षको बलिया दावेदारका रुपमा प्रस्तुत भएका छन् । प्रदेश नम्बर ३ बाट खुल्ला सदस्यमा उम्मेदवारी दिएका बादलले जीत हासिल गरे भने उनी निर्विवाद राष्ट्रिय सभा अध्यक्ष बन्ने भएका हुन् । राष्ट्रियसभाको चुनामा माओवादी केन्द्रबाट उम्मेदवारी दिनेमाहरूमा प्रदेश–१ बाट बीना पोखरेल (महिला), प्रदेश–२ बाट शशिकला दाहाल (महिला), प्रदेश–३ बाट गंगा पराजुली (महिला), प्रदेश–४ खीमकुमार बिक (दलित), प्रदेश–५ बाट राजकुमार कुँवर (अल्पसंख्यक–अपांग), चन्द्र बहादुर खड्का (खुला), प्रदेश–६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल(खुल्ला), प्रदेश–७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) छन् । बादलभन्दा वरिष्ठ नेता राष्ट्रियसभाको उम्मेदवार नभएकाले उनी अध्यक्ष बन्ने पक्का भएको स्रोतले बतायो । ‘बादल कमरेड नै वरिष्ठ हुनुहुन्छ उहाँभन्दा कनिष्ठले मात्रै उम्मेदवारी दिनुभएको छ । उहाँले चुनाव जित्नुभयो भने राष्ट्रिय सभाको अध्यक्ष उहाँ नै हो, यसमा कुनै दुइृमत छैन ।’ दुबै पार्टीको तर्फबाट उम्मेदवारी दिइएकामध्ये बादल सबैभन्दा बरिष्ठ नेता हुन् । उनीपछि बरिष्ठताको दोस्रो रोलमा माओवादी केन्द्रका नेता दीननाथ शर्मा रहेका छन् । शर्माले प्रदेश नम्बर ४ बाट खुल्लातर्फको सदस्यका लागि उम्मेदवारी दिएका छन् । बादल र शर्मा जति अन्य उचाईका नेताहरुले एमाले–माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending