Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

फिल्म 'गरुड पुराण’ घोषणा, प्रियंकाको डेब्यु

\"\"काठमाडौं । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’गरुड पुराण’ घोषणा गरिएको छ । फिल्म ’अपवाद’ मार्फत यस क्षेत्रमा भित्रिएका सुशन प्रजापति र सुवास कोइरालाले फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन । कमेडी जनरको यस फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन लगायतको कलाकार रहनेछन । यसै फिल्म मार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्नेछिन् । फिल्ममा लुनिभा तुलाधर , प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेललगायतका कलाकारको पनि अभिनय रहनेछ । यसै साताबाट छायाँकनमा जाने फिल्मका प्रस्तुतकर्ता सुशन प्रजापति रहेका छन् । अजित फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अशोक गौतम फिल्म्स पनि एसोसिएट रहेको छ । फिल्मको छायाँकन काठमाण्डौ तथा आसपासका क्षेत्रमा हुनेछ । फिल्मलाई सुशनले नै खिच्नेछन् भने यसमा कसम नेपालको कथा तथा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । अजित प्राजपति निर्माता रहेको फिल्मका सहनिर्माता अशोक गौतम रहेका छन् । फिल्मको सम्पादन उज्वल ढकालले गर्नेछन । फिल्ममा विभिन्न पात्रको भोगाईलाई देखाइने निर्माण पक्षले जनाएको छ । सुवास कोइराला( पछिल्लो केहि फिल्मको सफलता र केहि फिल्मको असफलताबाट सिकिएको नै छ । यसै सिकाइलाई यसमा परिपक्क हिसाबले प्रयोग गर्दैछौ । फिल्ममा कर्मा, प्रविन, कामेश्वर, नाजिर, प्रियंका जो विभिन्न परिवेशका छन्, यिनको भोगाईलाई कमेडी शैलीमा प्रस्तुत गर्दैछौ । कथा तपाई हाम्रो समाजकै हो । गरुड पुराण नाम मन पर्यो साथै फिल्मसंग पनि यो सम्बन्धित छ । सुशन प्रजापतिले भने ‘छायाँकारको रुपमा परिचित भएपछी यसमा मैले निर्देशकको रुपमा पनि आफुलाई अगाडी ल्याउदैछु । सुवास र मैले सहकार्य गरेको धेरै लामो समय भइसकेको छ , हामीले फिल्म स्कुल पनि संगै पढेका हौ । यहि सहकार्यलाई निर्देशनमा पनि संगै ल्याउदैछौ । फिल्मले अझै हामीलाई सिकाउदैछ , हामी सिकाईकै क्रममा छौ र यसकै निरन्तरता हो , गरुड पुराण ।’ ‘फिल्मको कथा र टीमले नै मलाइ आकर्षित गरेर फिल्म गर्न लागेको हुँ’ कर्माले भने ‘कथा राम्रो छ र त्यसलाई पर्दामा देखाउन सक्ने क्षमता मेकरमा छ भने हामीलाई पनि उत्साह मिल्छ । यसको टिम र कास्टिङले मलाइ त्यो आश जगाएको छ । फिल्ममा मलाई एउटा संघर्ष्शिल पात्रको रुपमा देख्नु हुनेछ , जो आफ्नो उदेश्यको प्राप्तिमा लागेको हुन्छ । आश छ , मेरो क्यारेक्टर मार्फत र सम्पूर्ण फिल्म मार्फत नै दर्शकले मनोरंजन लिनु हुनेछ ।’ प्रियंका सिंह ठकुरीले भनिन् ‘मेरो क्यारेक्टर एक गाउले युवतीको छ , जो सहर आइपुग्छे र अन्य पात्रसंघ भेट हुन्छ । यो मेरो लागि नयाँ अनुभव हो । म मोडलिङमा आउँन लागेको थिए , फिल्ममा अफर आयो । अडिसन मार्फत सेलेक्ट भए । मेरो भूमिकालाई निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending