Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पले फेर्‍यो सहरिया युवाको दैनिकी

काठमाडौँ, घरमा ढलेको सिन्कोसमेत नउठाउने ललितपुर कुमारी पाटीकी नेहा शाक्यको आजभोलि दैनिकी फेरिएको छ ।

शाक्य गत शनिबार गएको विनाशकारी भूकम्पका कारण घाइते भएका बिरामीको उपचार भइरहेको वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीको सेवामा दिनहुँ तल्लीन छिन् ।

जेम्स स्कुक धापाखेलमा विज्ञान विषयमा कक्षा ११ मा अध्ययरत शाक्य यतिखेर घरमा बसेर टिभी हेर्नुभन्दा दुःख पीडामा परेका बिरामीको सेवा गर्नु नै महानता ठान्दै अस्पतालका श्ययामा खटिएकी हुन् ।

\'घरमा टिभीमा समाचार हेर्दा असाध्यै पीडा भयो । यसरी बस्नुहुन्न, सेवा गर्नुपर्छ भन्ने भाव जागेकाले आफैँ यहाँ बिरामीको सेवा गर्न आएकी हुँ । यसरी बिरामीको सेवा गर्न पाउँदा आफूलाई गर्व लागेको छ\'–ट्रमा सेन्टरमा स्वयम्सेवा गर्दै आएकी शाक्यले भनिन् ।

बागबजारकी अनिशा खड्गीले घरको काम त परै जाओस् चिया पकाउने र आफ्ना सानातिना कपडासमेत धुने गरेकी थिइनन् तर भूकम्पको विपत्तिका घडीमा पीडित बिरामीको सेवा गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छन् । घरमा बसेर बिचरा भन्नुभन्दा अस्पताल आएर सेवा गर्न पाउँदा आफूलाई भित्रैदेखि सन्तुष्टि मिलेको उनले सुनाइन् ।

भर्खरै प्रवेशिका दिएर फुर्सदमा बसेका गोल्फुटारका अभिदया गुरुङ भूकम्पमा परी घाइते भएका बिरामीको उपचारमा सहयोग गर्न पाएकामा मक्ख छन् । \'घरमा ढलेको सिन्को पनि उठाइन्नथ्यो । अहिले यहाँ आएर सबैखाले काम गरिँदैछ । नयाँ अनुभवसँगै रमाइलो लागेको छ\'–भुइँसफा गर्दै गरेका उनले भने ।

उनीहरुजस्तै सयाैँ युवा अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीको सेवामा दिनहुँ खटिने गरेका छन् । स्वतःस्फूर्त रुपमा बिरामीको सेवा गर्न आएका सुकिलामुकिला युवा अस्पतालको भुइँ सफा गर्ने, रगतका टाटा पुछ्ने, औषधि ओसार्ने, बिरामीको रिपोर्ट, एक्सरे ओसार्नेलगायत काम गर्दै आएका छन् । कतिपय बिरामीका कुरुवा आफन्तसमेत नभएकाले त्यस्ता बिरामीका लागि सबैखाले काम गरेको धापाखेलकी सदीक्षाले बताइन् । अस्पतालका चिकित्सक र नर्सको सहयोगी व्यवहारले उनीहरुमा नयाँ उत्साह बढेको रहेछ, जुन शब्दमा व्यक्त गर्दै थिए । पब्लिक युथ क्याम्पसमा बिबिए अध्ययनरत सानो झ¥याङका विपीन वज्राचार्य र महाबौद्धका विपश्वी ताम्राकार अस्पतालका बिरामीको खानेकुरा ल्याउने र बिरामीको हेरचाहमा खटिरहेका छन् । दुई सयभन्दा बढी यस्ता युवा स्वतःस्फूर्त रुपमा अस्पतालमा स्वयम्सेवीको काम गरिरहेको वीर अस्पतालका निर्देशक प्रा डा स्वयम्प्रकाश पण्डितले जानकारी दिए । पालैपालो गरी सयौँ युवाले दिनहुँ स्वयम्सेवी काम प्रभावकारी रुपमा गरिरहेको जनाइएको छ ।

वीर अस्पतालमा ९०० भन्दा बढी बिरामीले उपचार गरिहेका छन् । सुविधासम्पन्न नर्भिक, बी एन्ड बीजस्ता निजी अस्पतालबाट बिरामी सिफारिस गरी ट्रमा सेन्टर पठाइने गरेको निर्देशक पण्डितले बताए ।

उपचारका लागि २०० चिकित्सक, १७० नर्स र १०० पारामेडिकल कर्मचारी दिनहुँ खटिने गरेको उनले बताए। काठमाडौँ उपत्यकासहित भूकम्पप्रभावित १४ र अन्य जिल्लाका बिरामीको समेत सेन्टरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending