Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भूकम्पपीडित भन्छन्, ‘विपत पर्दा नेताहरू खोई ?’

भक्तपुर, विनाशकारी भूकम्पले क्षति पु¥याएको आठ दिन बित्दा पनि जनताको अवस्था बुझ्न राजनीतिक दलका नेता गाउँ नआएपछि पीडित आक्रोशित भएका छन् । चुनाव आएपछि भोट माग्न घरघर आउने नेताहरु अहिले जनतालाई विपद् पर्दा अझैसम्म एक पटक पनि गाउँमा जनताको अवस्था बुझ्न नआएकामा रोष व्यक्त गरिरहेका छन् । सिपाडोलका अनुप कासुलाले गाउँमा सबै घर भत्किएर जनताको बिजोग हुँदा पनि दलका नेताहरु अझैसम्म नआएको बताए । उनले भने–“जनतासँग भोट माग्न आउने नेताहरु अहिले हामीलाई विपद् पर्दा एक पटक गाउँ आएका छैनन्, चुनाव आउँदा नेताहरु भोट माग्न आए भने गाउँबाटै लखेट्छौँ ।” सुडालका लक्ष्मण पुरीको गुनासो पनि उस्तै छ । गाउँमा जनताको हालत बुझ्न अझैसम्म पनि कोही नेता नआएको गुनासो गर्दै उनले भने–‘यहाँका सबैको घर भत्कियो, गाउँमै चारको ज्यान गयो, २० गाईभैँसी र बाख्रा पुरिएर मरे, ओत लाग्ने ठाउँसम्म छैन, तर कोही नेता आएनन्, जनतालाई दुःख पर्दा नआउने नेता अब के काम ?’ भूकम्प गएर सबैलाई पीडा थपिएको बेला जनताको अवस्था बुझ्न नेता गाउँ जान सकेका छैनन् ।  भक्तपुरमा बस्ने सभासद्, मन्त्री र जिल्ला तहका नेताहरु अझै पनि गाउँ गाउँ गएका छैनन् । नेमकिपाका अध्यक्ष एवम् सभासद् नारायणमान बिजुक्छे, प्रेम सुवाल र अनुराधा थापा मगर, नेपाली काँग्रेसका रामेश्वर ढुङ्गेल भक्तपुरबाट प्रतिनिधित्व गर्ने सभासद् हुन् भने नेकपा(एमाले)का महेश बस्नेत उद्योगमन्त्री हुन् । सभासद् र मन्त्री त गाउँ पसेनन् पसेनन् कम्तीमा स्थानीय नेतासमेत गाउँ नपसेको ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ । छालिङ गैँडा गाउँकी शोभा गैँडा अझैसम्म पनि गाउँको हालत बुझ्न कोही नआएको बताउँछन्  । उनले भने– ‘गाउँ सबै सखाप भएको छ, प्लास्टिक ओढेर बसेका छौँ, न त कोही पाल दिन आएका छन्, न त राहत दिन नै, न त सरकारी निकाय नै यहाँको अवस्था बुझ्न आएका छन्, न त कोही नेता नै ।’ दधिकोट सिकारीटार अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रको सबैभन्दा बढी प्रभावित गाउँ हो । बहत्तर घर रहेको यो गाउँमा घरमा पुरिएर छ जनाको ज्यान गयो भने २२ घाइते भए । चौंसठ्ठी घर त पूर्ण रुपमा क्षति भएको छ । नेवार र क्षेत्रीको बस्ती रहेको यहाँ अझै कोही नेता पुगेका छैनन् । स्थानीयवासी अनिल श्रेष्ठ भन्छन्– ‘यहाँको अवस्था बुझ्न कोही नेता आएका छैनन्, यहाँ आएका चार वटा पाल पनि चुहिएको छ, शुक्रबार नगरपालिकाले सात बोरा चामल बाँड्यो, त्यति नै हो, गाउँकै उद्योगमन्त्री महेश बस्नेत रित्तो हात आए, हेरे, राहत आउने आश्वासन दिएर फर्किए ।” जिल्लाका सभासद् आआफ्ना गाउँमा गए पनि आफ्नो निर्वाचन क्षेत्रका जनताको अवस्था बुझ्न गाउँ गाउँ गएका छैनन् । जिल्ला तहका नेताहरु पनि गाउँ पुग्न सकेका छैनन् । सानो जिल्ला भक्तपुर चाहने हो भने एक दिनमै आफ्नो निर्वाचन क्षेत्र घुम्न सकिन्छ, तर पनि कोही गाउँ नगएको सबैको गुनासो छ । भग्नावशेष पन्छाउन सुरु खोजी तथा उद्धारमा शव नपाइएपछि अब भग्नावशेष पन्छाउने कार्यको थालनी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरीनायब उपरीक्षक श्यामकृष्ण अधिकारीले भक्तपुरमा पुरिएका शव निकाल्ने काम सकिएकाले अब भग्नावशेष पन्छाउने कार्यको थालनी भएको बताए । मानिस पुरिएको ठाउँमा खोजी सकिएको बताउँदै उनले नगरभित्र मानिस पुरिएको गुनासो अब नआएकाले भग्नावशेष पन्छाउने कार्यको थालनी भएको बताए । यहाँ आजसम्म ९४ पुरुष र १८३ महिला गरी २७७ जनाको शव बरामद भएको छ भने एक हजार ९०० घाइते भएका छन् । भक्तपुरका बासिन्दाबाहेक यहाँ घुम्न आउने पनि भत्किएको घरको भग्नावशेषमा परेको हुन सक्ने भएकाले यहाँ भत्किएका घरको भग्नावशेष हटाउने कार्य गर्दा भेटिन सक्ने आशङ्का गरिएको छ । नगरभित्र दुर्गन्ध फैलिएपछि यहाँका बासिन्दालाई पालमुनि बस्नसमेत समस्या परेको छ । अझै पनि पुरिएको शव हुन सक्ने, खुल्ला शौचालय, अन्नपात र अन्य कुहिने पदार्थका कारण पनि दुर्गन्ध फैलिएको प्रहरीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending