तेह्रथुम । आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोपे । तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री गरे । बाँकी अदुवा पुनः बारीभरि रोप्नुभयो । यसपालि पनि अदुवाको उचित मूल्य नपाएपछि उनी चिन्तामा छन् ।
प्रतिकृया लेख्नुहोस्: