Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

पतिशोककाे पीडाले सम्हालिन नसकेपछि बिनाले निकालिन विज्ञप्ति

\"\"कञ्चपुर क्षेत्र नं. १ बाट उम्मेदवार बिना मगरले भावुक विज्ञप्ति निकालेकी छन । मंसिर ३ गते पतिकाे काठमाडौंमा हृदयघातबाट निधन भएको थियो । उनले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ,‘निर्वाचनको महासंग्राममा रहेको बेला जीवनसाथी गुमाउनु पर्दाको पीडा मेरा लागि ठूलो चोट थियो । यो पीडामा मनलाई सम्हाल्दै चुनावमा होमिनु कठिन थियो । तर, अध्यक्ष क प्रचण्डले भनेझैं हामी समृद्ध नेपालको ऐतिहासिक अभियानमा अघि बढेको बेला हामीमाथि आइपरेको व्यक्तिगत पीडाभन्दा राष्ट्रलाई समृद्धीको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी ठूलो भएको महसुस ग¥यौं । यही जिम्मेवारीबोधले परिवारमा घटेको अकल्पनीय दुर्घटनालाई हामीले शक्तिमा बदल्ने संकल्प लिन सक्यौं ।’ बिनाले दुखद क्षणमा आफ्नो अनुपस्थितिमा पनि समृद्धिको सपना पुरा गर्न निर्वाचनको प्रचारप्रसारलाई गति दिन अहोरात्र खटिएका सम्पूर्ण साथीभाई, साथ दिने सञ्चारकर्मी र माया गर्ने बुबाआमा, दाजुभाई, दिदीबहिनीहरूमा कृतज्ञता र धन्यवाद प्रकट गर्दछु भनेकी छन, बिनाले पतिशोकमा परेको बेला सम्हालिन गाह्रो भएपनि कञ्चनपुर वासीको सद्भाव र क प्रचण्डको निर्देशनले शोकलाई शक्तिमा बदल्ने प्रेरणा दिएको बताएकी छन । तर यस्तो दुःखको समयमा आफू पहिले जस्तो गरी सशक्त रुपमा चुनावी मैदानमा उत्रिने अवस्था नरहेकाले त्यसलाई बुझेर सहज रुपमा लिई थप सहयोगको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस विज्ञप्ति\"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE