Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

प्रकाश र खुसीरामलार्इ सम्झदै युएईमा शाेक सभा

\"\"युएई । प्रचण्डपुत्र प्रकाश दाहाल र जनवादी गायक खुसीराम पाख्रिनको सम्झनामा युएईमा श्रद्धाञ्जली सभा गरिएको छ ।
माओवादी केन्द्र निकट विदेश बिभाग संगठन नेपाली जनप्रगतिशिल मञ्च युएईले आयोजना गरेको सभामा प्रवासी नेपाली मञ्च युएई, अन्तरास्ट्रिय नेपाली एकता समाज युएई,  नेपाली एकता समाज, पत्रकार महासघ युएई लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
मंसिर ३ गते निधन भएका दाहाल र ५ गते चितवनमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै हृदयघातका कारण मृत्यु भएका पाख्रिनको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको हो । कार्यक्रममा जन प्रगतिशील मन्च युएईका कावा अध्यक्ष बाबुराम विश्कमर्माको सभापतित्व भइकाे थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि नेपाली, मन्चका प्रमुख सल्लाहकार शम्भु वाईवा, प्रवासी नेपाली मन्चका सचिवालय सदस्य प्रकाश कोइराला, नेपाल पत्रकार महासघ युएई शाखा उपाध्यक्ष लक्ष्मण खनाल, अन्तरास्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसि,  युएई नेपाली एकता समाजका अध्यक्ष शिवराम जैसी, पर्बत समाजकी महिला विभाग संयाेजक सीता दाहाल आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्चका अध्यक्ष बाबुराम विश्वकर्माले प्रकाश दाहालको निधनबाट पार्टी, क्रान्ति र सिङ्गो बामपन्थि आन्दोलनमा अपुरणीय क्षेती पुगेकाे बताउदै शोकलाई शक्तिमा बदल्नु पर्ने बताए । यस्तै पत्रकार महासंघ युएईका उपाध्यक्ष लक्ष्मण खनालले जनवादी गायक एवं माओवादी केन्द्रका सल्लाहकार पाख्रिनकाे सिर्जनाले युवाजगत जुरूकै उठेकाे सम्झना गरे ।
कार्यक्रममा प्रवासी नेपाली मन्च युएईका सचिवालय सदस्य प्रकास कोइरालाले वामपन्थि एकतामा उनीहरूकाे भुमिका ठुलो रहेको भन्दै सवै मिलि सपना पुरा गर्ने बाटाेमा लाग्नु पर्ने वताए ।
यस्तै अन्तराष्टिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीले प्रकाश सादा जीवन उच्च विचार भएको ब्यक्तित्व र खुसीराम पाख्रिन एक जनवादी सॉस्कृतिक योद्धा भएकाे बताउदै नेपाली क्रान्तिमा उनीहरुकाे योगदानको सधै उच्च सम्मान भइरहनु पर्ने बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending