Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

दशौँ लाखको राहत सङ्कलनः गोर्खा र सिन्धुपाल्चोकमा सहयोग पठाइँदै

चितवन, चितवनका व्यवसायी, विभिन्न सङ्घ संस्थाले राहत सङ्कलन तीव्र पारेका छन् । १० औँ लाख रुपैयाँका राहत सामग्री र नगद सङ्कलन भइरहेको छ । चितवनको नारायणगढका युवा होटल व्यवसायी, उद्योगी तथा फेन्सी व्यवसायीले आज ठूलो परिमाणमा खाद्य सामग्री र टेन्ट गोर्खाका भूकम्प पीडितको सहयोगका लागि गोर्खा पठाएका छन् । युवा व्यवसायीले स्थानीयस्तरमै स्वतस्फूर्त  रुपमा सङ्कलन गरेर करिब रु चार लाख बराबरको खाद्य सामग्री आज गोर्खा पठाइएको व्यवसायी विनोद सुवेदीले बताए । उनीहरुले १५ क्वीन्टल चिउरा, तीन क्वीन्टल दालमोठ, पाँच क्वीन्टल भुजा तथा १५० पिस त्रिपाल गोर्खाका भूकम्प पीडितका लागि पठाएका हुन् । यस्तै, बिस्कुट र चाउचाउ गरी १२ हजार प्याकेट तथा पानी ५०० बोतल पठाइएको राम मिष्ठान्न भण्डारका सञ्चालक रामप्रसाद सुवेदीले बताए । उद्योग वाणिज्य सङ्घ चितवनले आजसम्म कुल रु पाँच लाख सहयोग रकम सङ्कलन गरेको सङ्घका कार्यकारी निर्देशक रसिक प्रधानले बताए । आज पनि लाखौँको सहयोग सङ्कलन हुने उनको भनाई छ । यस्तै चितवनको केरा व्यवसायी समितिले रु एक लाख रकम सहयोग गरेको सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुवेदीले जानकारी दिए । चितवनमा क्षति कम भएकाले सङ्कलित राहत सामग्री गोर्खा र सिन्धुपाल्चोक पठाउने क्रम पनि जिल्लामा जारी छ । हक्स बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य गुणचन्द्र विष्टले रु चार लाख ५० हजार रकमको राहत सामग्री सिन्धुपाल्चोकका भूकम्प पीडितको सहयोग गर्ने घोषणा गरेको अध्यक्ष दिनेशकुमार चुकेले बताए । यस्तै, कुखुरा व्यवसायी मञ्चले पनि आज एक विज्ञप्ति जारी गरी रु पाँच लाख ५५ हजार राहत सहयोगको घोषणा गरेको छ । अण्डा उत्पादक सङ्घले पनि रु ११ लाख भन्दा बढी रकम सहयोगको घोषणा गरेको कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताए । यस्तै, निर्माण व्यवसायी सङ्घले करिब रु चार लाख मूल्य बराबरको राहत सामग्री जिल्ला विपद व्यवस्थापन समिति चितवनमार्फत सहयोग गरेको समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE