Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राष्ट्रपति निवासमै 'नजरबन्द'

दक्षिण अफ्रीकाका राष्ट्रपति जेकब जुमाले राष्ट्रपति रोबर्ट मुगाबेले आफू सकुशल रहेको तर निवासमा नै सिमित पारिएको बताएका जनाएका छन्। जिम्बाब्वेको सेनाले देशको नियन्त्रण आफ्नो हातमा लिएपछि राष्ट्रपति मुगाबेको स्थितिबारे अडकलबाजीहरु चलिरहँदा उनले त्यसो बताएका हुन्। राष्ट्रपति जुमाले आफ्नो राष्ट्रपति मुगाबेसंग टेलिफोन वार्ता भएको र उनले आफू गृह नजरबन्दमा रहेको तर सकुशल रहेको बताएका जनाए। राजधानी हरारेका सडकहरुमा बख्तरबन्द सवारी साधनहरुमा सवार सैनिकहरुले गस्ती गरिरहेका छन्। अफ्रिकी संघले जिम्बाब्वेको सेनाले सत्ता लिएको कदम \'कु\' जस्तो देखिएको जनायो। संघका अध्यक्ष तथा गिनीका राष्ट्रपति अल्फा कोण्डेले जिम्बाब्वेको सेनालाई उसको कारवाही रोक्न आह्वान गरेका छन्। जिम्बाब्वेको सेनाले देशको नियन्त्रण आफ्नो हातमा लिएको छ। राजधानी हरारेका सडकहरुमा बख्तरबन्द सवारी साधनहरुमा सवार सैनिकहरुले गश्ती गरिरहेका छन्। सरकारी टेलीभिजनमा देखापर्दै एकजना सैनिक जेनरलले सेनाले विद्रोह नगरेको र ९३ वर्षिय राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको बताएका थिए। उनले सेनाले \'कु\' गरेको नभई राष्ट्रपति वरपरका, उनकै शब्दमा, अपराधीहरुलाई निशाना बनाएको दावी गरे। तर यो सैनिक कार्वाहीको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन। जिम्बाब्वेको विपक्षी पार्टीले राष्ट्रपति मुगाबेकी श्रीमती ग्रेस मुगाबे नामिबियातर्फ भागेर गएको बताएको छ, तर यो कुराको पुष्टि भएको छैन। बीबीसी सम्बाददाताहरु भन्छन्, सेनाको यो कदम मुगाबेको बदलामा गत हप्ता बर्खासीमा परेका एकजना उपराष्ट्रपति एमर्सन मनांगागवालाई स्थापित गर्ने प्रयास हुन सक्छ। गत हप्ता मनांगागवालाई बर्खास्त गरिएपछि रोबर्ट मुगाबेकी श्रीमती ग्रेस मुगाबे राष्ट्रपतिको उत्तराधिकारीका रुपमा देखापरेकी थिइन्। राष्ट्रपति मुगाबेकी श्रीमति र एकजना उपराष्ट्रपति मनांगागवाबीचको प्रतिस्पर्धाका कारण सत्ताधारी जानु पीएफ पार्टी पनि विभाजित छ। बीबीसीका दक्षिणी अफ्रिका सम्वाददाता एन्ड्र्यू हार्डींग भन्छन्, \"यो जानु पीएफ पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष हो, र यो संकटबाट जो विजयी भएर निस्कन्छ उसले नयां स्वरुपको पार्टी आफ्नो पक्षमा रहेको पाउने छ।\" दक्षिणी अफ्रीकी विकास समुदाय एसएडीसीले जिम्बाब्वेमा विशेष दूतहरु पठाउने बताएको छ। उक्त समूहको अध्यक्षता गर्ने दक्षिण अफ्रीकाका राष्ट्रपति जेकब जुमाले त्यस्तो घोषणा गरेका हुन्। उनले जिम्बाब्वेको सरकार र सेनाले, उनकै शब्दमा, वर्तमान मतभिन्नतालाई सौहार्दपूर्ण तरिकाले सल्टाउनु पर्ने पनि बताए। युरोपेली संघले संकटको शान्तिपूर्ण समाधान र वार्ताका लागि आह्वान गरेको छ। ब्रिटेनले जिम्बाब्वेमा मतभेदका सबै पक्ष हिंसाबाट टाढा रहनु पर्नेमा जोड दिएको छ भने जिम्बाब्वेको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले आफूले हरारेको स्थितिलाई नजिकबाट नियाली रहेको बताएको छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending