Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बाबुराम/नारायणकाजी राजनीतिका 'वेष्ट प्लेयर': गोरखा-२ मा कसले गर्लान गोल

\"\"काठमाडाैं । केहि बर्षअघि मात्रै एउटै पार्टीमा समान हैसियतले काम गरेका नेकपा माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र माअोवादीबाट फुटेर नयाँ शक्ति नेपाल पार्टी निर्माण गरेका डा. बाबुराम भट्टरार्इ अहिले फरक-फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका छन् । दुबै नेता गोरखा-२ बाट चुनावी मैदानमा उत्रिएका छन् । श्रेष्ठ एमाले-माअोवादीको वाम गठबन्धनबाट गोरखा-२ मा चुनावी मैदानमा उत्रिएका छन् भने भट्टरार्इ कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट मैदानमा उत्रिएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा–१ बाट विजयी भएका थिए । अहिले गोरखा २ संसदीय क्षेत्रमा विभाजित छ । पहिले २ नम्बर सबै ओगटेको क्षेत्र अहिले पनि २ भित्रै छ । १ नम्बरको केही भूगोल २ मा थपिएको छ । ३ नम्बरका अधिकांस क्षेत्र १ मा गाभिएका छन् । भट्टराईले पार्टी छाडेपछि माओवादीलाई गोरखाको स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराई साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुई तह मात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो । अधिकांश तहमा माओवादी र नयाँ शक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो । गोरखा २ मा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर सजिलो छैन । किनभने भट्टराई र श्रेष्ठ दुवै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन् । नेपाली राजनीतिमा भट्टरार्इ/श्रेष्ठ दुबै \'वेष्ट प्लेयर\'को रूपमा चिनिन्छ ।  २०६४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित भट्टराईले माओवादी परित्याग गरी गठन गरेको नयाँशक्ति गोरखामा स्थानीय तह चुनावको मतका आधारमा तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेससँगको चुनावी तालमेलको फाइदा भट्टराइलाई पक्कै हुनेछ तर क्रमशः पहिलो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार श्रेष्ठ पनि कमजोर छैनन् । २०७० को चुनावमा मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक सुरक्षित क्षेत्र खोज्ने क्रममा आफ्नै गृह जिल्लाबाट चुनाव लड्न लागेका हुन् । भट्टराईलाई गोरखा २ नभई नहुने, श्रेष्ठले छोड्न नमानेपछि वाम गठबन्धनबाट बाहिरिएर नयाँशक्ति कांग्रेसको शरणमा पुगेको थियो । कांग्रेसको समर्थन रहेको भट्टराईलाई राप्रपाको पनि साथ छ । गोरखा २ को दुईपक्षीय भीडन्तमा जितहारको अनुमान गर्न स्थानीय चुनावमा यो निर्वाचन क्षेत्रमा दलहरूले पाएको मतको लेखाजोखा गर्नुपर्ने हुन्छ । गोरखा २ मा सिरानचोक, सुलीकोट र अजिरकोट गाउँपालिका तथा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाका ७ वटा वडा पर्छन् । यी स्थानीय तहका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा क्रमशः माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, नयाँशक्ति र राप्रपा आउँछन् । माओवादी केन्द्रले १७ हजार सात सय ४५ मत यो निर्वाचन क्षेत्रभित्रका वडाहरूमा पाएको छ भने कांग्रेसले १६ हजार ६ सय ५४ मत पाएको छ । यस्तै एमालेले सात हजार पाँच ९२ मत पाएको छ भने नयाँशक्ति नेपालले सात हजार पाँच सय ३० मत पाएको छ । राप्रपाले पाएको मत चार सय ६२ छ । एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २५ हजार तीन सय ३७ हुन्छ भने कांग्रेस, नयाँशक्ति र राप्रपाको मत जोड्दा २४ हजार ६ सय ४६ हुन्छ । अर्थात्, भट्टराई वामगठबन्धनका श्रेष्ठभन्दा ६ सय ९१ मतले पछि देखिन्छन् । गोरखा २ का ९० हजार आठ सय ६२ मतदाताले कसलाई रोज्छन् ? अनुमान सहज छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE