Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

म्याग्दी–मोहरेडाँडा पदमार्ग निर्माण

\"\"म्याग्दी । पर्वतको हम्पाल हुँदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिए । जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था थियो । हम्पालदेखि धिमे डाँडासम्म नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ । नागी र शालिजाको तारेका युवाले सो पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग व्यवस्थापन समितिले रु ३० हजार अनुदान उपलब्ध गराएको थियो । समितिले उपलब्ध गराएको अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापक पुनले बताए । पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । बाटो बिराउने समस्या हटेको छ । त्यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् । पदमार्गको नक्साअनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको छ । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थापक पुनले जानकारी दिए । शालिजाको तारेका युवाले पदमार्गअन्तर्गतपर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीमसमेत प्रदान गरिएको छ । म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर विसं २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ । ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE