Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बुढीगण्डकी प्रभावितलार्इ बन्यो चुनाव अवसरः मुअाब्जा नदिए बहिस्कार गर्ने चेतावनी

\"\"काठमाडाैं । बुढीगण्डकी जलविद्युत् परियोजनाका कारण गोरखा र धादिङका डुबानमा पर्ने क्षेत्रका बासिन्दा देशमा चुनावी माहोल बन्दै गइरहेका बेला मुआब्जाको माग गर्दै आन्दोलित भएका छन् ।उम्मेदवारलाई गाँउमा पस्न नदिने र निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिँदै उनीहरुले चुनावलाई माग पूरा गराउने अवसरको रुपमा लिन खोजेको देखिन्छ ।

बुढीगण्डकी नेपालको सबैभन्दा ठूलो जलाशययुक्त प्रस्तावित जलविद्युत् परियोजना हो। पटक-पटक आवाज उठाँउदा पनि सुनुवाई नभएपछि चुनावको मुखमा आफ्नो माग तेर्स्याउने निष्कर्षमा पुगेका प्रस्तावित बुढी गण्डकी जलविद्युत् परियोजनाबाट प्रभावित हुने जग्गाधनीले आइतवार आरुघाट बजार बन्द गरेका थिए । कतिपय गाँउमा मुआब्जा निर्धारण नै नगरिएको र कतिपय ठाउँमा वितरणमा ढिलाई भएको उनीहरुको गुनासो छ । त्यसैले विकासको नारा बोकेर भोट माग्न आउनेहरुलाई लक्षित गरी हडताल थालेको जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष दिनेशप्रसाद ढकालले बताए । उनले भने, \"डुबानपीडित जतिको आन्दोलन अब चुनाव बहिष्कार हो । हामी दलका उम्मेदवारहरुलाई पनि गाँउ छिर्न दिन्नौँ ।\"
उक्त परियोजनाका कारण गोरखा र धादिङका २७ गाँउको ५८ हजार रोपनीसहित कुल डेढलाख रोपनी क्षेत्रफल डुबानमा पर्ने बताइएको छ। सरकारले त्यसका लागि मुआब्जामा मात्र ६० अर्ब रुपैयाँ खर्च हुने बताएको छ । तर २ वर्षअघि थालिएको मुआब्जा वितरण अहिलेसम्म ६ गाँउका केही परिवारले मात्र पाउन सकेको भन्दै प्रभावितहरुले आक्रोश पोखिरहेका छन् । तर मुआब्जा वितरणमा ऊर्जा मन्त्रालयको तर्फबाट काम गरिरहेका सह-सचिव चिरञ्जीवी चटौतले भने, \"मूल्य तोकेपछि वितरण गर्नुपर्छ। अर्को वर्ष दिंदा त्यसले राम्रो सन्देश नजाला तर उनीहरु भने अहिले नै चाहियो भनी दबाब दिइरहेका छन् । हामी त्यसलाई गम्भीरतापूर्वक हेर्दैछौँ ।\" सरकारले यो वर्षको बजेटमा मुआब्जा वितरणका लागि १० अर्ब रुपैयाँ छुट्याएको थियो । तर त्यो रकम पनि वितरण हुन सकेको छैन । विभिन्न दलका नेताले आयोजना स्वीकृतिका बेला दिएको आश्वासन पूरा नगरेको भन्दै जलविद्युत् आयोजनाबाट प्रभावित हुनेहरुले बाध्यतावश निर्वाचनका बेला माग उठाउनुपरेको बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE