कार्तिक ६ गते, २०७४ सोमवार 23rd October, 2017 Mon१६:३८:३० मा प्रकाशित
टोकियो। जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको छ ।
जापानको संसदको म्याद करिब बर्षदिन बाँकी रहदै हिजो आइतबारका लागि आह्वान गरिएको मध्यावधी निर्वाचनको परिणाम सोमबार बिहानै प्राप्त भएको थियो ।
जापानी सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले मात्र २ सय ८३ स्थामा जित हासिल गरेको छ । जापानको प्रतिनिधि सभा ४ सय ६५ सदस्यीय छ ।
त्यसैगरी उनको सत्ता गठबन्धनमा रहेको अर्काे दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ । यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३ सय १२ स्थानमा विजय हासिल गरेको छ । यो यहाँको संसदको दुई तिहाई बहुमत हो ।
जापानी र अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको दल र उहाँको गठबन्धनले दुई तिहाई बहुमत हासिल गरेको जनाएका छन् ।
टोकियोबाट प्राप्त समाचारहरुमा दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरुको इतिहासमा नै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेताका रुपमा स्थापित भएको समाचार विश्लेषणहरु गरिएको छ ।
जापानी राष्ट्रिय प्रशारण संस्था एनएचकेले दिएको जानकारीअनुसार अझै पनि संसदका १० वटा स्थानको मत परिणाम आउन बाँकी रहेको छ । मत गणना अझै जारी नै रहेको बताएको छ ।
तर अहिलेसम्म प्राप्त परिणाममा सत्ताधारी दलको गठबन्धनले स्पष्ट रुपमा नै दुई तिहाई बहुमत हासिल गरिसकेको बताइएको छ ।
यसअघि संसदको तल्लो सभाको ४ सय ६५ स्थानमध्ये उनको दल र गठबन्धनले गरी २ सय ९० स्थान हासिल गरेको थियो । सत्ताधारी साझेदार अर्काे दलको समेत गरी संसदमा ६५ प्रतिशत स्थानमा रहेको थियो ।
प्रधानमन्त्री आबेले वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा समयानुकुल नीति निर्माण गर्ने योजनाका साथ यो निर्वाचनको आह्वान गरेकाे बताइएको थियो ।
उनले अघि बढाएको नयाँ आर्थिक मोडेल ‘आबेनोमिक्स’ लाई अझै दह्रोगरी अघि बढाउने उहाँको योजनालाई यो दुई तिहाई बहुमतले अब सहज बनाउने बताइन्छ ।
यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिश्पर्धा गरेका थिए । ती दलले वर्तमान सत्ताधारी दललाई बहुमत ल्याउन पनि नदिने बताएका थिए ।
पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनका विरुद्धमा आवश्यक नीति अख्तियार गर्न, समयानुकुल जापानको सुरक्षा नीति निर्माण गर्न आफुलाई संसदमा दुई तिहाई बहुमत आवश्यक परेको प्रधानमन्त्री आबेले बताउदै आएको थियो ।
त्यसैले अब उनले बहुमत हासिल गरेपछि जापानमा के कस्तो नीतिगत र आर्थिक परिवर्तन गर्न सक्नु हुनेछ त भन्ने बारेमा विभिन्न समाचार विश्लेषणहरु आइरहेकाे पनि समाचारमा जनाइएको छ ।
निर्वाचन परिणाम प्राप्त भएपछिको प्रतिक्रियामा प्रधानमन्त्री आबेले भने, मैले यो जितलाई विनम्रतापूर्वक स्वागत र स्वीकार गर्न चाहन्छु । उनले सबैलाई आवश्यक सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरे ।
परिणामहरु प्राप्त गर्दैगर्दा प्रधानमन्त्री आबेले टेलिभिजन सम्बोधनमा आफूले चाहेकै रुपमा जनमत प्राप्त भएको भन्दै यसबाट संविधान संशोधनको जापानी जनताको चाहनालाई आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै उनले संविधान संशोधनका लागि सबै राजनीतिक दल र आवश्यक सबै क्षेत्रबाट सहयोगको अपेक्षा आफूले गरेको पनि बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: