Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

३० लाखको कृत्रिम फूलको माला बिक्री

\"\"खोटाङ । स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष ३० लाखभन्दा बढीको बिक्री भएको पाइएको छ । जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ । जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । “प्लाष्टिकजन्य कृत्रिम फूलले स्वास्थ्यका लागि हानि गर्छ भन्ने सबैलाई थाहा छ ।” उनले भने, “जिल्लामा प्राकृतिक फूलले नपुग्ने भएपछि रोक लगाउन सकिएको छैन ।” जिल्लाका मुख्य व्यापारिक केन्द्र दिक्तेल, ऐंसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानीलगायत ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लाष्टिकको फूलको माला नै प्रयोग गरेको पाइन्छ । यस वर्षको तिहार अन्य समयभन्दा अगाडि नै परेकाले पनि आफूहरुले रोपेको फूल नफुल्दा कृत्रिम फूलको माला किन्नुपर्ने बाध्यता परेको खरिदकर्ताको भनाइ छ । पछिल्लो समय जिल्लामा सयपत्री फूलमा विभिन्न प्रकारका रोग लागेकाले पनि फूल अभाव भएको पाइएको हो । आगामी दिनमा प्राकृतिक फूल अभाव हुन नदिनाका साथै कृत्रिम फूल आयातमा रोक लगाउन जिल्लामा पुष्प व्यवसाय आवश्यक रहेको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । “अहिले सबै क्षेत्रमा फूल अभाव देखिएको छ”, उनले भने, “आगामी दिनमा नगरपालिकाले पुष्प व्यवसायलाई योजनामै समेटेर व्यावसायिक रुप दिने छ ।” पुष्प व्यवसाय सञ्चालनका लागि जिल्लाको सबै भूगोल उपयुक्त रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानीलगायत अन्य जिल्लामा निर्यात गरेर आम्दानीको स्रोतसमेत बढाउन सकिने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending