Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चीनले आफ्ना नेता कसरी चयन गर्छ ?

\"\"चीन । प्रत्येक पाँच वर्षमा सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशन गर्दा चीनतर्फ संसारको ध्यान खिचिएको हुन्छ । यो भेलाले पार्टीको नेतृत्व कसले गर्छ भन्ने टुंगो लगाउँछ । उनीहरुले नै चीनका १ अर्ब ३० करोड जनताको नेतृत्व गर्छन् ।

साथै संसारकै दोस्रो ठूलो अर्थतन्त्रको पनि । १९औं महाधिवेशन यही अक्टोबर १८ अर्थात अाजबाट शुरु भएको छ । बहालवाला पार्टी नेता एवम् राष्ट्रपति सी जिनपिङ्नै  नेतृत्वमा रहने अनुमान गरिएको छ । तर सँगै अरु नेतृत्व तहमा फेरबदल हुने ठानिएको छ ।

महाधिवेशनले के गर्छ ?

मध्य अक्टोबरमा देशभरबाट आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का प्रतिनिधिहरु बेइजिङस्थित \'ग्रेट हल अफ द पिपल\'मा भेला हुन्छन् ।  पार्टीका २३ सय प्रतिनिधि छन् । तथापि २२८७ मात्रै उपस्थित हुनका लागि छानिएका छन् । १३ जना \'अनुपयुक्त व्यवहार\' देखाएको भन्दै भाग लिन अयोग्य ठहर गरिएका छन् । बन्द कोठाभित्र सीपीसीका प्रतिनिधिहरुले सबैभन्दा शक्तिशाली केन्द्रीय कमिटी चयन गर्नेछन् । उक्त कमिटीमा २ सय जना सदस्य रहनेछन् । त्यसले पोलिटब्युरो निर्वाचित गर्नेछ र त्यसबाट पोलिटब्युरो स्थायी कमिटी चयन हुनेछ । तिनीहरु नै चीनका वास्तविक निर्णयकर्ता निकाय हुन् ।

यो वर्ष के अपेक्षा छ ?

१९औं महाधिवेशन मूलत: दुईवटा कुराका लागि चाखपूर्वक हेरिनेछ । पहिलो, सीले एउटा लामो प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसबाट आगामी पाँच वर्षमा चीनले कस्तो नीति लिन्छ भन्ने थाहा हुनेछ । दोस्रो, पोलिटब्युरो स्थायी कमिटीमा लगभग नयाँ अनुहार आउने ठानिएको छ । पछिल्ला केही वर्ष पार्टीले निश्चित पदकाहरुका लागि अनौपचारिक अवधि र उमेर हद तोकिएको छ । ६८ वर्षको उमेर हदका कारण धेरै पोलिटब्युरो स्थायी कमिटीका सदस्यहरुले पद छाड्ने ठानिएको छ ।

सी जिनपिङ्का लागि के अर्थ ?

यो महाधिवेशनले राष्ट्रपति सीको शक्ति थप मजबुत बनाउने ठानिएको छ । सन् २०१२ मा सत्तामा आएयता उनलाई चीनका \'वास्तविक\' नेताका रुपमा हेरिएको छ । त्यसको अर्थ उनलाई माओ जेदोङ र देङ स्याओपिङ् जस्ता चीनका ठूला नेताहरुसँग तुलना गरिनु हो । नेतृत्व तहमा उनका सहयोगीहरु आउने सम्भावना छ । साथै \"सी जिनपिङ विचार\"का रुपमा चिनिने उनका नीतिहरु पार्टी दस्तावेजमा राखिने पनि हुनसक्छ । त्यसले उनलाई चिनियाँ इतिहासमा माओकै तहमा पुर्याउनेछ । परम्परागत रुपमा राष्ट्रपतिको दुई कार्यकाल हुने भएपनि यसपालि सीले त्यसलाई विस्तार गर्नसक्ने समेत अनुमान गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending