Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

ट्रम्पलार्इ लाग्यो अर्को झट्का

\"\"अमेरिकाका एकजना न्यायाधीशले राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएको पछिल्लो यात्रा प्रतिबन्ध लागू हुनुकेही अघि त्यसमाथि रोक लगाएका छन् । इरान, लिबिया, सिरिया, एमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका केही मानिसहरुमाथि गत महिना उक्त प्रतिबन्ध घोषणा गरिएको थियो ।

ह्वाइट हाउसले अदालतको उक्त आदेश खतरनाक तरिकाले कमजोर भएको भन्दै त्यसविरुद्ध कानुन मन्त्रालयले पुनरावलोकनमा जाने बताएको छ । ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पछिल्लो कदमलाई अदालतले रोकिदिएको छ। समयावधी नतोकिएको ट्रम्पको यसैहप्ताबाट लागू हुन लागेको उक्त यात्रा प्रतिबन्धलाई संघीय अदालतका न्यायाधीशले रोक लगाएका हुन् । यसअघि पनि ६ वटा मुसलमानहरुको बाहुल्यता रहेको देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो तर त्यसलाई सर्वोच्च अदालतले हेरेको थियो । सेप्टेम्बरमा घोषणा गरिएको यो पछिल्लो प्रतिबन्ध इरान, लिबिया, सिरिया, एमन, समालिया, चाड, उत्तर कोरिया र भेनेज्वेलाका नागरिकमाथि लक्षित गरिएको हो । बुधबारबाट लागू हुन लागेको ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धलाई रोक लगाउन हवाई राज्यमा निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा आप्रवासीसम्बन्धी संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने उल्लेख थियो । क्षेत्रीय न्यायाधीश डेरिक वाटसन जसले यसअघि मार्चमा पनि ट्रम्पको यात्रा प्रतिबन्धलाई रोक लगाएका थिए, उनैले अहिले पनि यो नयाँ आदेश जारी गरेका हुन् । न्यायाधीश वाटसनले यो पछिल्लो प्रतिबन्ध घोषणा गर्नुले यसअघिका अदालतका आदेशहरुलाई बेवास्ता गरेको देखिएको आदेशमा उल्लेख गरेका छन् । यसैबीच ह्वाइट हाउसले यो पछिल्लो प्रतिबन्ध विश्वभरीको सुरक्षा चासो र सूचना आदानप्रदानमा आधारित भएको बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending