Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

एक सय घर बनाउन तीन करोड अनुदान

\"\"बाबियाचौर । जनता आवास कार्यक्रमअन्तर्गत म्याग्दीमा यस वर्ष १०० घर निर्माणका लागि रु तीन करोड ५० लाख अनुदान दिइने भएको छ । आर्थिकरूपमा विपन्न र गरिबीको रेखामुनि रहेका दलित समुदायको भौतिक सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालयले उक्त कार्यक्रम सञ्चालनमा ल्याएकोे हो । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले छनोट गरेका स्थानका विपन्न दलित समुदाय छनोट गरी प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको डिभिजन प्रमुख इञ्जिनियर प्रकाश अर्यालले बताए । मंगला गाउँपालिकाको ३ र ४ बरञ्जा–१ कुहुँ–५ अर्मन, बेनपा–२ ज्यामरुककोट, मालिका गाउँपालिका–५ देवीस्थान र छ दरवाङमा ५० घर निर्माण हुनेछ । गत वर्ष कार्यक्रम सञ्चालन भएका स्थानमा ५० घर निर्माण गर्ने कार्यक्रम छ । गत वर्ष बेनी नगरपालिकाको पुलाचौर, घतान, सिंगा, अर्थुङ्गे, भकिम्ली, अन्नपूर्ण गाउँपालिकाको दाना, घार, धौलागिरि गाउँपालिकाको लुलाङ, ताकम, मालिका गाउँपालिकाको ओखरबोट, रुम, रघुगंगा गाउँपालिकाको पिप्ले र भगवतीमा ८२ वटा घर निर्माणाधीन अवस्थामा छन् । कार्यक्रममा छनोट भएका १८ घरपरिवारसँग सम्झौता गर्न बाँकी छ । कार्यक्रममार्फत सरकारले तोकेको मापदण्डअनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई अनुदान उपलब्ध गराइने समन्वय समितिका अध्यक्ष तथा पूर्व सांसद रेशमबहादुर बानियाँले बताए । गत वर्ष रु दुई लाख ३४ हजार अनुदान उपलब्ध गराउने सम्झौता भए पनि यस वर्ष अनुदान रकम थप भएको छ । समन्वय समितिको निर्णयअनुसार कार्यक्रम लागू हुने वडाका विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम शुरु गरिने भएको छ । अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफूले बनाउनुपर्ने व्यवस्था छ । यसैबीच गत साउन भदौमा बाढी पहिरोबाट घरबारविहीन भएकाहरुलाई पनि सरकारले घर पुनःनिर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ । प्रजिअ कृष्णप्रसाद अधिकारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै वर्षको साउन भदौमा बाढी पहिरोका कारण घर क्षति भएकालाई अनुदान उपलब्ध गराउनका लाग सिफारिस गर्न भनेको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending