बिसकेक । किर्गिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार निर्वाचन हुने भएको छ । सोही कारण हाल यहाँ मौन अवधि चलिरहेको छ ।
मौनअवधिको बेला निर्वाचन आचारसंहिता उलंघन नगर्न केन्द्रिय निर्वाचन आयोगले शनिबार उम्मेदवारहरुलाई सतर्क गराएको छ ।
निर्वाचनको आचारसंहिता उलंघन नगर्न उम्मेदवारहरुलाई ध्यानाकर्षण गराएको आयोगले प्रचारप्रसार गर्न पुरै निषेध गरेको छ । मौन अवधिमा संचार माध्यमहरुले पनि कुनै पक्ष विपक्षमा समाचार संप्रेषण गर्न नपाईने आयोगले जनाएको छ । आयोगले इन्टरनेट मिडियालाई समेत पनि आचारसंहिताको दायरामा राखेको छ । मौन अवधिमा आचारसंहिता उलंघन गरेकाहरुलाई कानून उलंघन गरेसरह कारबाही गर्ने आयोगले चेतावनी दिएको छ । राष्ट्रपतीय निर्वाचनका लागि निर्वाचन आयोगमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई जनाले उम्मेदवारी स्थगित भएकाले अव चुनावी मैदानमा ११ जना उम्मेदबार रहेका छन् । निर्वाचन आयोगले २ हजार ३७५ ठाँउमा मतदान केन्द्रहरु बनाएको छ । ती मध्ये ३७ ओटा समुद्रमाथी रहेका छन् । निर्वाचनको पर्यवेक्षणका लागि विभिन्न ५८ ओटा देशका झण्डै आठ सय अन्तर्राष्ट्रिय संघ संस्थाका पर्यवेक्षकहरु खटिने भएको छ । किर्गिस्तानको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ बर्षको हुनेछ । वर्तमान राष्ट्रपति अल्माज्बेक अताम्बायेभको कार्यकाल यही आउदो डिसेम्बर १ मा सकिनेछ । राससयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: