Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

दशैँ मनाउन गएका डाक्टर नआएपछि अस्पताल डाक्टरविहीन

 

\"\"गाईघाट । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ ।

अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । अस्पताल प्रमुख डा महेश खनाल दशैँ आउन १५ दिनअघि नै बिदामा हिँडेपछि सरुवा मिलाएर पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक बन्न पुगेको अस्पतालका कर्मचारी बताउँछन् । यस्तै दशैँ आउन एक हप्ता अगाडि नै बिदामा हिँडेका डा फणीन्द्र बडालसमेत सरुवा मिलाएर जिल्ला अस्पताल धनकुटा नै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा प्रसूतिसहित अन्य बिरामीको उपचारमा समस्या आएको अस्पतालका अहेव तथा ल्याबका कर्मचारीले बताउने गरेका छन् । जिल्ला अस्पताल उदयपुरमा अहिले प्रसूतिसहित अन्य बिरामी गरेर दैनिक १५० को हाराहारीमा उपचारका लागि आउने गरेको भए तापनि विशेषज्ञ डाक्टर नभएपछि अधिकांश बिरामी बीसौँ हजार खर्च गरेर एम्बुलेन्सबाट विराटनगर तथा सुनसरीको धरान जान बाध्य हुनु परेको त्रियुगा नगरपालिका–३ मोतिगडाका राजेश चौधरी बताउँछन् । दशैँ अगाडि हिँडेका डाक्टर सरुवा लिएर अन्यत्र गए पनि सम्बन्धित निकायले अन्य डाक्टरको व्यवस्थामा उचित ध्यान नदिँदा अहिले झण्डै तीन हप्तादेखि बिरामीले हैरान खेप्नु परेको बिरामीका आफन्तको गुनासो छ । यतिसम्म कि जिल्ला अस्पतालमा निःशुल्क प्रसूति बिरामीको सल्यक्रियासहितको उपचार हुने गरेको भए तापनि अहिले डाक्टर नभएपछि कतिपय बिरामीलाई स्थानीय निजी अस्पतालमा सल्यक्रियासहितको प्रसूति सेवा लिन रु ५० हजारसम्म रकम तिर्न बाध्य हुनुपरेको रौता–३ का कर्णबहादुर खड्काको गुनासो छ । यस विषयमा अस्पतालका प्रशासन फाँटका प्रमुखसहित अन्यसमेत बिदामा अन्यत्र गएपछि अहिले जिल्ला अस्पताल अहेव र नर्सको भरमा सञ्चालन हुन बाध्य रहेको स्थानीयवासी तथा अस्पतालका कर्मचारी नै बताउँछन् । तेह्रजना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल उदयपुरमा विगतदेखि नै तीन चारजना डाक्टरले अस्पताल सञ्चालन गर्दै आएका छन् भने धेरै डाक्टरको दरबन्दी खाली नै हुँदै आएको छ । केही भएका डाक्टर पनि धमाधम सरुवा लिएर अन्यत्र हिँडेपछि अहिले आएर जिल्ला अस्पताल डाक्टरविहीन नै बन्न पुगेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending