Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अवसरवादी बाबुरामः आफूलाई भए ठीक, नभए सबै बेठीक

\"\"करण चौधरी । दाउपेच के रहेछ भने अहिले एकता गर्ने, मर्न लागेको बुढो गोरुलाई यसो सन्जीवनी दिने । १५ सीट भएपछि एउटा शक्ति बनिन्छ । भोली एकताको बेला कुनै न कुनै बखेडा झिेकर अलग हुने । अनि आफ्नो गुट चलाइराख्ने । करण चौधरी । दुई महिना हुनुपर्छ, बाबुराम भट्टराईले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखे । मनमा लागेको कुरा नापजाँच गरी लेख्ने बाबुरामको बानी । उनले भने, “यो जुनीमा प्रचण्डसँग सँगै बस्न सकिएन” त्यसअघि बाबुरामले माओवादी केन्द्र भत्किएको घर भन्दै त्यसलाई कुनै पनि कोणबाट टाल्न नसकिने आरोपसहित माओवादी छोडेका थिए । भित्री कुरा त के छ भने नयाँ शक्तिमा जानु अघि बाबुरामले प्रचण्डसँग एक दुई घण्टा छलफल गरेका थिए । अर्थात् बार्गेनिङ गरेका थिए । कुरा मिलेन, अर्को दिन उनी नयाँ शक्तितर्फ लागे । पछिल्लो पटक स्थानीय निर्वाचनमा नयाँ शक्तिलाई जनताले पत्याएनन् । एकाध स्थानमा, वडामा स्थानीय उम्मेदवारको लोकप्रियताका आधारमा नयाँ शक्तिका केही जिते तर समग्रमा जस्तो चमत्कारको आसा बाबुरामले गरेका थिए, त्यसो भएन । त्यही बेला बाबुरामको पार्टीबाट दैनिकरुपमा बाहिरिने क्रम बढेको थियो । कम्युनिष्ट र गैर कम्युनिष्ट पृष्ठभूमि भएका अधिकांश नेताहरुले पार्टी छोडेका थिए । तिनले पार्टी छोड्दा समेत बाबुरामको दम्भ कायमै थियो । उनले गम्भीर आरोप लगाएर देवेन्द्र पौडेललगायतलाई कार्वाहीको समेत कुरा गरे । तर यिनै बाबुराम प्रतिनिधि सभाको निर्वाचनको चहलपहल सुरु भएपछि लाजिम्पाट झुल्किन थाले । हिजो प्रचण्डसँग यो जुनीमा सँगै बस्न नसकिने भन्ने मानिस गोरखाबाट आफ्नो सीट सुरक्षित गरिदिन लाजिम्पाट धाइरहेका थिए । निकास निस्केको थिएन । उनको बालकोटको यात्रा समेत जारी थियो । माओवादीले सहयोग नगरेको खण्डमा एमालेबाट भएपनि समर्थन पाएर गोरखाबाट जित्ने दाउमा थिए बाबुराम । यही बीचमा चमत्कार भयो नेपालको राजनीतिमा । ओली र प्रचण्डबीच एकताको कुरा चल्यो । यो वाम एकता थियो, समाजवादमा पुग्ने प्रक्रियाको एकताको कुरा । कम्युनिष्ट दर्शनलाई मान्ने पार्टीहरुको कुरा । तर बाबुरामले सोचे– यै हो मौका, अब म पनि जानुपर्यो यो एकतामा । र, उनी अचानक टुप्लुक्क आइपुगे यो एकता प्रक्रियामा । सम्बन्धित् समाचार बाबुरामलाई खुला पत्रः लक्ष्मण खडका र मुकुन्द घिमिरे नबन्नुस् डा।साब यी तिनै बाबुराम हुन, जसले नयाँ शक्ति छोड्दा माक्र्सवादी दर्शनले मात्र युग परिवर्तन नहुने बताइरहेका थिए । जसले जनयुद्दको विचारधारात्मक यात्रा समाप्त भएको घोषणा गरेका थिए । अब नयाँ विचार, नयाँ सोच, नयाँ पार्टी, नयाँ चिन्तनको आवश्यकता छ भनेर गैर कम्युनिष्टहरुलाई नयाँ शक्तिमा हुलिरहेका थिए । तर गोरखाको चुनावलाई केन्द्रमा बाबुरामले राष्ट्रिय सभा गृहमा लालसलामको मुद्रामा हात उठाए । अर्थात् लाज पचाए । कुरा समाजवादका गर्ने, कुरा वाम एकताका गर्ने, कुरा सामूहिकताका गर्ने तर सीट नमिल्दा यो प्रक्रियाबाट अलग हुन्छु भन्ने ? भोली पार्टी एकता भएपछि त्यतिखेर पनि भागबण्डा नै खोज्ने हो ? बाबुराम लाज पचाउन सिपालु रहेछन् भन्ने सर्वत्र चर्चा भयो । माक्र्सवाद र कम्युनिष्ट दर्शन त्यागेका मानिस केही पाइन्छ र अस्तित्व जोगिन्छ भनेर सभागृहमा लालसलाम गर्न पुगे । वाम एकता ठीक छ भन्न पुगे । यो निर्लज्जताको पराकाष्ठा थियो । तैपनि वामएकतामा उनी सहभागी भए । उनको व्यक्तित्वका कारण धेरैले बिरोध गरेनन् । तर उनको यो एकता पछाडिको नियत भने झर्लंग देखियो । यो साता बाबुराम फेरी चर्चामा आए । बालकोटमा एमाले अध्यक्ष केपी ओलीसँग १५ सीटको बार्गेनिङ नमिलेपछि उनले फेरी घोषणा गरे– तालेमलबाट बाहिरिन सकिन्छ । त्यसो भए के खानका लागि लालसलाममको मुदा्र मुट्ठी उठाएको बाबुराम जी ? अहिले सबैको यही प्रश्न छ । कुरा समाजवादका गर्ने, कुरा वाम एकताका गर्ने, कुरा सामूहिकताका गर्ने तर सीट नमिल्दा यो प्रक्रियाबाट अलग हुन्छु भन्ने ? भोली पार्टी एकता भएपछि त्यतिखेर पनि भागबण्डा नै खोज्ने हो ? नेकपा संयुक्त माओवादी केन्द्रसँग एकीकरण भयो । नेता गणेश साहले खुला दिलले भने– जो जितेपनि कम्युनिष्ट जित्ने हो, भोली एक हुनु नै छ भने अहिले किन झगडा ? तर बाबुरामले कहिले सिक्ने यस्ता कुरा ? दाउपेच के रहेछ भने अहिले एकता गर्ने, मर्न लागेको बुढो गोरुलाई यसो सन्जीवनी दिने । १५ सीट भएपछि एउटा शक्ति बनिन्छ । भोली एकताको बेला कुनै न कुनै बखेडा झिेकर अलग हुने । अनि आफ्नो गुट चलाइराख्ने । यो गम्भीर र हद दर्जाको अवसरवाद हो बाबुरामका लागि । आफूलाई पाए सबै राम्रो आफूलाई नपाए सबै नराम्रो । इतिहासमा बाबुराम एउटा गम्भीर अवसरवादी प्रवृत्तिका रुपमा देखिएको छ । र, यसको नियती दुर्घटनाबाहेक अरु केही हुन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending