Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

क्याटलोनियासम्बन्धी योजना छोड्न पूज्डमोनमाथि चर्को दबाब

[caption id=\"attachment_156825\" align=\"alignleft\" width=\"750\"]\"\" क्याटलान नेता कारलस पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोय।[/caption] क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कारलस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गरिरहेका छन् । गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन् । फ्रान्स र जर्मनी दुवैले स्पेन एक हुनुपर्नेमा समर्थन व्यक्त गरेका छन् । बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राखोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन् । मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राखोयलाई मड्रिडलई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न भने । आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताए । स्पेनको विपक्षी समाजवादी दलका नेता पेड्रो सान्चेस जो क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा छन् उनी यो विवादमा तानिएका छन् । स्पेनी सरकारले उत्तर पूर्वी क्षेत्रको एकाधिकारलाई स्थगित गर्न चेतावनी दिएको छ । क्याटलोनियामा रहेका प्रमुख कम्पनीहरुले उक्त क्षेत्रबाट आफ्नो मुख्यालयहरु सार्न थालेपछि क्याटलान पृथकतावादी नेताहरुमाथि आर्थिक दबाब बढिरहेको छ । यसअघि कहिल्यै पनि विश्वले क्याटलोनियाको क्षेत्रीय संसदलाई यति नजिकबाट हेरेको थिएन । मंगलबार साँझ सम्भवत ठूलो संख्यामा प्रहरी र प्रदर्शनकारीहरु बाहिर रहँदा क्याटलान नेताले आफ्ना सांसदहरुलाई सम्बोधन गर्नेछन् । पूज्डमोनले विवादास्पद जनमत संग्रहको परिणामलाई संसदमा प्रस्तुत गर्ने योजना गरेका छन् जसलाई मड्रिडले गैरकानुनी घोषणा गरेको छ । जनमत संग्रह यता युरोपेली सरकारले आलोचना गरे पनि र स्पेनभर स्वतन्त्रताविरुद्ध उग्र विरोध प्रदर्शन भए पनि पूज्डमोनले थुप्रै अवसरहरुमा आफूले क्याटलोनियालाई स्वतन्त्र घोषणा गर्ने बताएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending