Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एक भएर उपलब्धी रक्षा गरौं : प्रधानमन्त्री

\"PMकाठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामार्फत परिवर्तनलाई संस्थागत गर्नुपर्ने भन्दै एक भएर अघि बढ्न सबै राजनीतिक दललाई आव्हान गरेका छन् । ६५ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना मन्तब्य दिंदै प्रधानमन्त्री कोइरालाले संघर्षबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि एक हुन आव्हान गरेका हुन् । ‘लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पुर्याउन एकापसमा हातेमालो गर्न म संविधानसभामा रहनुभएका संविधानसभाभन्दा बाहिर रहनुभएका समस्त राजनीतिक दलका सम्बद्ध नेतृत्व वर्गसंग हार्दिक अपिल गर्दछु ।’ शुभकामना मन्तब्यमा कोइरालाले भनेका छन्, ‘संविधान निर्माण सहित मुलुकका सामु रहेका सबै समस्याहरुको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाटै गर्न सकिने मेरो विश्वास छ ।’
सबै समस्याहरुको निराकरण आपसी वार्ता, सहमति, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट समाधान हुने प्रधामन्त्रीको भनाई
निरङ्कुश, जहाँनिया, तानाशाही र एकतन्त्री शासनबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको २००७ फागुन ७ गतेको स्मरणमा मनाइएको राष्ट्रिय प्रजातन्त्र दिवस २०७१ को अवसरमा उनले समस्त नेपालीलाई बधाई दिदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । निरङ्कुश शासनको अन्त्य र लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा साहदत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्वान्जली व्यक्त गरेका छन् । घाइते भएका ज्यूँदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । नेपाल निर्णायक मोडमा आएको उल्लेख गर्दै उनले राजतन्त्रको अन्त्यसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको जनाए । ‘०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य नेपाली समाजलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गराएको छ । संविधानसभाबाट नयाँ संविधान जारी गरी यो ऐतिहासिक परिवर्तनलाई संस्थागत र व्यवस्थापन गर्ने महत्वपूर्ण चरणमा हामी रहेका छौ ।’ कोइरालाले मन्तव्यमा भनेका छन्, ‘युगीन परिवर्तनको व्यवस्थापनको कुनै दु्रत मार्ग हुदैन,यसको आफ्नै स्वभाविक प्रकृति पनि हुन्छ भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ ।’ लोकतान्त्रिक शासन पद्धतिको माध्यमबाट सुन्दर, समुन्नत, समृद्ध र शान्तिपूर्ण नेपाल निर्माण गर्न संविधानसभाभित्र र बाहिरका सबै राजनीतिक दल र आम नेपालीको सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् । संविधान ल्याउन सकिए आन्दोलनको सापेक्षिक पूर्णता : अध्यक्ष ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिए लोकतन्त्र प्राप्तिको ६५ वर्ष अगाडि सुरु भएको आन्दोलनले सापेक्षिक पूर्णता पाउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवम् राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा रहेको जनाएका छन् । ‘लोकतान्त्रिक संविधान ल्याउनु नै नेपाललाई समृद्धि प्राप्तिको जीवन उत्सर्ग गर्ने प्रातःस्मरणीय सहिदहरूप्रति साँचो श्रद्धाञ्जलि हुने’ सन्देशमा उल्लेख छ । १०४ वर्षे जहाँनिया राणाशासनलाई समाप्त पारी नेपाललाई प्रजातन्त्र, खुल्लापन र नागरिक शासनको दिशामा उन्मुख गराउने २००७ सालको क्रान्ति एउटा ऐतिहासिक परिघटना भएको स्मरण गर्दै उनले तत्कालीन परिस्थितिमा त्यसका उपलब्धिलाई संस्थागत गर्न र निरन्तरता दिन नसकिए पनि यसले निर्माण गरेको प्रजातन्त्रको आधारशीला दूरगामी महत्वको भएको जनाए । २०४६ को संयुक्त जनआन्दोलन, २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र २००७ सालले ल्याएको उन्नत राजनीतिक चेतना र अधिकार प्राप्तिको जगमा आधारित ऐतिहासिक उपलब्धि भएको सन्देशमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies