Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

भारतीयद्वारा नेपाल–भारत दशगजामा थुपारिएको माटो प्रहरीले हटाउन लगाए

 

\"\"भीमदत्तनगर । भारतको दुधुवा नेशनल पार्कमा रहेका जंगली जनावरको संरक्षण तथा तिनीहरुको नेपाल प्रवेश रोक्न भारतीय वन विभागका कर्मचारीले कञ्चनपुरको पुनर्वास नगरपालिकाको बिचपाँटास्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिरहेको अग्लो माटोको डिल बनाउने कार्यलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।

भारतले आफ्नो क्षेत्रमा खाडल बनाइरहेको भए पनि त्यसबाट निस्केको माटो दशगजा क्षेत्रमा थुपार्न थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आज रोकेका हुन् । भारतीय वन कर्मचारीले बुधबार खाडल खन्ने काम थालेका हो । सोही दिन बेलुकादेखि उक्त कार्यमा रोक लगाएको प्रहरीले जनाएको छ । बेलौरीस्थित सशस्त्र प्रहरी क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीमसिंह थापाले भारतीय वन विभागका कर्मचारीले वन्यजन्तुको चरन रोक्न भारतीय भूमिमा करिब १५० देखि १८० मिटरसम्म खाडल बनाएको बताए । “आफ्नै भूमिमा खाडल बनाएर दशगजामा माटो फालेको थियो,” सशस्त्र प्रहरी निरीक्षक थापाले भने, “स्थानीय प्रशासन र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उनीहरुले तत्काल सो कार्य रोकेका छन् ।” उनका अनुसार प्रहरीको आग्रहपछि वन कर्मचारीले दशगजामा डोजरको सहायताले थुपारेको माटोसमेत त्यहाँबाट हटाएका छन् । “दशगजामा राखेको माटो सबै खाली गरेर तत्काल काम नगर्ने भनेका छन्,” उनले भने, “उक्त कार्यबारे एसएसबीलाई समेत वन कर्मचारीले जानकारी गराएका रहेनछन् ।” नेपाल–भारत सीमा स्तम्भ नं १९३ देखि पूर्वी उत्तरतर्फ करिब १५० मिटर ट्रेन्च खनेर नेपालतर्फको दशगजामा अग्लो डिल बनाउने काम अन्तर्राष्ट्रिय मर्यादा विपरीत भएको ठहर गर्दै नेपाली पक्षले आपत्ति जनाएका हुन् । भारतीय वन कर्मचारीले आगामी दिनमा सीमा क्षेत्रमा केही काम गर्नु परेमा समन्वय गरेर मात्रै सञ्चालन गर्नेसमेत बताएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । सो क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट सीमा अतिक्रमणका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ । पुनर्वासमै केही समयअघि सीमा विवादकै कारण भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतमकाे ज्यान गएकाे थियाे । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending