निर्वाचन आयोगको मर्यादा र गरिमा बढ्ने गरी काम गर्न निर्देशन
आश्विन १९ गते, २०७४ बिहिवार 5th October, 2017 Thu१७:०२:२१ मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले संवैधानिक अंगका रुपमा रहेको आयोगको मर्यादा, अस्तित्व र गरिमा खस्कने काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन ।
आगामी मंसिरमा हुने निर्वाचनमा खटिने मतदाता शिक्षा मुख्य प्रशिक्षकका लागि सञ्चालित तालीमको आज उद्घाटन गर्दै उनले अघिल्लो निर्वाचनमा आयोगले सबैभन्दा आलोचना खेपेको मतदाता शिक्षामा भएको कमजोरीलाई सच्याउने ढंगबाट जिम्मेवारी बहन गर्न सुझाव दिए ।
सचिव पौड्यालले भने, “तपार्इंहरुले दिने प्रशिक्षणबाट आयोगको सफलता वा असफलता निर्भर गर्छ । मतदाता शिक्षा प्रदान गर्दा यो कस्तोखाले निर्वाचन हो, हामीले कस्तो सरकार गठनका लागि भोट हाल्दै छौँ, अघिल्लोभन्दा यो निर्वाचनमा मतपत्रको ढाँचा फरक छ, बदर नहुने गरी स्पष्ट ढंगबाट मतदातालाई मतदान गर्न सक्ने गरी बुझाउन आवश्यक छ ।”
स्थानीय तहको निर्वाचनमा पदअनुसार लगभग १२ प्रतिशत मत बदर भएको थियो । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको जानकारी दिएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि २० हजारको संख्यामा खटिने मतदाता शिक्षा कार्यकर्ताले मत खेर जान नदिन प्रत्येक मतदाताको घरदैलोमा मतदाताबाट आउन सक्ने प्रश्न एवं जिज्ञासाको स्पष्टरुपमा उत्तर दिन सक्नु पर्ने बताए ।
निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीको सन्दर्भमा मतदाता नामावली यकिन भइसकेको, समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ कार्य शुरु भइसकेको, जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गर्नाका साथै तालीम र प्रशिक्षण पनि शुरु गरिसकेको छ ।
राजनीतिक दलका नेता तथा कार्यकर्ता, उम्मेदवार तथा मतदातालाई सुसूचित गर्न यसपटक मतदाता शिक्षा निम्ति आयोगले विभिन्न सञ्चारमाध्यमबाट जानकारीमूलक सामग्रीको उत्पादन तथा प्रचारप्रसार गर्नाका साथै नमूना मतदान, अन्तक्र्रियाजस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
नेपालको संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीबाट १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी जम्मा २७५ सदस्य चुनिने छन् ।
त्यस्तै, सात वटा प्रदेशसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० जना र सात वटै प्रदेशबाट समानुपातिकतर्फ चयन भएका २२० समेत गरी जम्मा ५५० सदस्य निर्वाचित हुने छन् ।
सोही क्रममा मुलुक संघीय ढाँचामा प्रवेश गरेपछि संघीयताको कार्यान्वयन गर्ने सिलसिलामा आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैसाथ दुई चरणमा हुँदैछ ।
पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्ला र दोस्रो चरणमा पहाडी र तराईका गरी ४५ जिल्लामा निर्वाचन हुनेछ ।
मतदातालाई सरल र सहज होस् भन्ने हेतुले निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि निर्धारित निर्वाचन चिह्नहरु रहने छन् भने सोही पानाको तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि निर्धारण गरिएका निर्वाचन चिह्न रहने गरी मतपत्रको बनाइएको छ ।
मतदाताले आफूलाई मन परेको प्रतिनिधिसभा सदस्यका लागि माथिल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा मत संकेत गर्नु पर्ने छ भने प्रदेशसभा सदस्यका लागि तयार भएको तल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा स्वस्तिक चिह्न लगाउनुपर्छ ।
मत बदर नहोस् भन्नाका लागि मतदाताले चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी सजगता अपनाएर मत संकेत गर्नु पर्ने हुन्छ
समानुपातिक निर्वाचन प्रणालीतर्फ सात प्रकारका मतपत्रको व्यवस्था भई मतपत्र छपाइ कार्य पनि शुरु भइसकेको छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: