Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

\"\"गाइघाट । सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।

यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ । तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ । अस्पतालका प्रमुख डा. महेश खनालसहित प्रसूति विशेषज्ञ डा. फडिन्द्र बडाल र अर्का डा. अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताए । यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आफुले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गर्नुभयो । यस्तै अन्य रोगका बिरामी पनि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उपचारका लागि आउने बिरामीका आफन्त बताउँछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending