Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यस्ता छन् तपाइले थाहा नपाएको करिना कपुरबारे रोचक तथ्य

\"\"बलिउड अभिनेत्री करिना कपुर बिहीबारदेखि ३८ वर्षमा लागेकी छिन् । सन् १९८० सेप्टेम्बर २१ मा मुम्बईमा जन्मिएकी उनले सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट अभिनय यात्रा थालेकी हुन् । डेब्यु फिल्म फ्लप भएका कारण कतिपयले उनी अभिनयमा जम्न नसक्ने आकलन गरेका थिए । तर, उनको दोस्रो फिल्म ‘मुझे कुछ कहेना है’ हिट भयो । त्यसपछि उनी लगातार अभिनयमा सक्रिय छिन् । सन् २०१२ मा अभिनेता सैफअली खानसँग बिहे गरेकी करिना एक छोरा तैमुरकी आमा हुन् । करिनाबारे भारतीय अनलाइनले केही रोचक तथ्य तयार पारेका छन् । -अभिनेता रणधीर कपुर र बबिता कपुरकी कान्छी छोरी करिनाको नाम लियो टोल्सटायको चर्चित किताब अन्ना केरेनिनाबाट प्रभावित छ । गर्भावस्थामा बबिताले सो किताब पढेकी थिइन् । पछि छोरी जन्मिइन् । त्यही किताबको नामबाट प्रभावित भई बबिता र रणधीरले ती बच्चीको नाम करिना राखेका हुन् । -करिना फिटनेसका मामलामा निकै सक्रिय छिन् । उनले एकपटकमा सूर्य नमस्कारको ५० सेट लगाउने बताइन्छ । त्यति मात्रै होइन, करिना योगको कुनै पनि आसनमा आधा मिनेट होल्ड हुन सक्छिन् । -करिनाले सन् २०१० देखि सात क्यारेटको हीराको औँठी लगाउन थालेकी हुन् । उनलाई एकजना ज्योतिषीले हीराको औँठी लगाउने सल्लाह दिएका थिए । आैँठी लगाएदेखि आफूलाई राम्रो भएको दाबी उनको छ । -तपाईंको सबैभन्दा खराब बानी के हो ? भनेर सोध्दा करिनाले आफ्नो नङ टोक्ने बानीबारे खुलासा गरेकी हुन् । करिना वेला–वेलामा नङ टोक्ने गर्छिन् । यो खराब बानी हो भन्ने थाहा हुँदाहुँदै पनि उनले त्यो बानी छाड्न सकेकी छैनन् । -करिना सन् २००४ देखि २००७ सम्म अभिनेता साहिद कपुरसँग प्रेममा रहिन् । उनीहरूको ‘जब वी मेट’ फिल्मका वेला ब्रेकअप भएको थियो। -करिना पूर्ण रूपले शाकाहारी हुन् । पहिला उनी माछामासु सबै खान्थिन् । सन् २००६ मा प्रेमी साहिदले उनलाई शाकाहारी बन्न प्रेरित गरेका थिए । साहिदको प्रेरणाले करिना शाकाहारी बनेकी हुन् । -करिनालाई बुट कलेक्सनको सोख छ । जहाँ जाँदा पनि उनी आफूलाई राम्रो लागेको बुट किनिहाल्छिन् । उनीसँग सयाैँ जोर बुट छन् । -करिनाले सन् २००८ मा बलिउडमा जिरो फिगरको ट्रेन्ड ल्याएकी हुन् । त्यतिवेला उनले आफ्नो तौल ४८ किलोमा झारेकी थिइन् । उनको जिरो फिगर ‘टसन’ फिल्ममा देख्न पाइन्छ । -खासमा करिना ऋतिक रोशनका साथ ‘कहो ना प्यार है’ फिल्मबाट डेब्यु गर्दै थिइन् । तर, पछि उनको ठाउँमा अमिषा पटेललाई लिइयो । उनले लगत्तै अभिषेक बच्चनका साथ ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरिन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending