Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

सुरक्षा परिषदको बैठकमा चीन र अमेरिकाबीच भनाभन

\"\"एजेन्सी । उत्तर कोरियाले एकपछि अर्को परमाणु हतियारका परीक्षणपछि बोलाइएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालिन बैठकमा चीन र अमेरिकाबीच भनाभन भएको छ । सुरक्षा परिषदको बैठकमा अमेरिकाले उत्तर कोरियाले विश्व समुदायलाई नै जिस्क्याएको भन्दै कडा भन्दा कडा प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव ल्याएको थियो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलेले अत्ति नै भइसकेको अवस्था भएकोले अब भने कडा कदम चाल्नुपर्ने माग गरेकी थिइन । अमेरिका युद्दको पक्षमा नरहेपनि उत्तर कोरियाको व्यवहार टुलुटुलु हेरेर पनि बस्न नसक्ने उनको प्रतिक्रिया थियो । चीनियाँ प्रतिनिधिले भने उत्तर कोरियाको समाधान युद्दबाट समाधान हुन नसक्ने बताए । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई स्वीकार्दै परमाणु हतियारको विकास र प्रदर्शन रोक्नुपर्ने चिनियाँ पक्षको टिप्पणी थियो । “तर अमेरिकाले पनि दक्षिण कोरियासँग मिलेर कोरियाली प्रायद्विपमा शुरु गरेको सैन्य अभ्यास रोक्नुपर्छ । शान्तिपूर्ण तरिकाले मात्रै कोरियाली समस्या समाधान हुन सक्छ ।” बैठकमा चीनले भन्यो । चीनको यो प्रतिक्रिया पुरा हुन नपाउँदै अमेरिकी राजदूतले भने “इन्स्लटिङ प्रपोजल” अर्थात् अपमानजनक प्रस्ताव भन्दै बिरोध गरिन । त्यसपछि दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो । रुसले भने चीनको कदमको बचाऊ गरेको छ । कोरियाले परमाणु अस्त्र विकास गर्नु गलत भएको र ऊविरुद्द तेल आयातलगायतका अन्य प्रतिबन्ध लगाउन रुस सहमत भएपनि समस्याको समाधान युद्दबाट हुन नसक्ने बैठकमा रुसले प्रष्ट पारेको थियो । अमेरिकाले चीनको प्रस्ताव लज्जाष्पद भन्ने टिप्पणी गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै रुसका प्रतिनिधिले भने प्रस्तावमा अपमान हुनुपर्ने त्यस्तो कुरा के रहेछ ? भन्दै अचम्म लागेको बताएका थिए । उत्तर कोरियासँग चीनको ठूलो व्यापार रहेकोले अमेरिकाले चीनसँग समेत सम्बन्ध विच्छेद गर्ने धम्की समेत यसअघि नै दिइसकेको छ । चीनले भने समस्याको शान्तिपूर्ण समाधान हुनुपर्ने र दुबै पक्षले उत्तेजना बढाउने हरेक गतिविधि बन्द गर्नुपर्ने माग गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending