Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चीनसामु यसरी झुक्यो भारत

\"\"काठमाडौं । भूटान, भारत र चीनसँग जोडिएको सीमाक्षेत्रबाट भारतले सेना फिर्ता गरेको छ । चिनियाँ भूभागबाट सेना फिर्ता नगरे आक्रमण गर्ने चिनियाँ धम्कीपछि भारतले सेना फिर्ता बोलाउन बाध्य भएको हो । यसअघि चिनियाँ सेनाले भारतीय सेनाका केही बंकरहरु ध्वस्त गरेको थियो । भारतले भने चीनले आफ्नो सीमाक्षेत्रमा हस्तक्षेप गरेको प्रचार गरेको थियो । उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने भारतीय प्रयास समेत सफल हुन सकेन । भारतले अमेरिका र रुसको समर्थन खोजेपनि चीनले समेत कुटनीतिक पहलमार्फत भारतले नै उक्त क्षेत्रमा अतिक्रमणको पुष्टि गरेपछि भारतले समर्थन पाउन सकेको थिएन । चीन र भारत दुबै देशका विदेश मन्त्रालयले डोक्लाम विवाद हालका लागि साम्य हुने आशयको विज्ञप्ती सोमबार जारी गरेका थिए । यद्यपी भारतले भने चिनियाँ सेना फिर्ता भएको दावी गरेको छ । चीनले भने भारतले अतिक्रमण गरेकोले भारतीय सेना फिर्ता भएपछि मात्रै आफूले सेना हटाउने बताउँदै आएको थियो । भारतले उक्त क्षेत्रमा चीनले सडक निर्माण गर्न थालेकोमा बिरोध गरेको थियो । पछिल्लो सहमति अनुसार, भारतले सेना फिर्ता गर्ने र चीनले सडक निर्माण तत्काल नगर्ने भएको छ । गत जुन १६ मा भारतीय सेना भुटान र चीनको सीमा दोक्लममा प्रवेश गरेपछि उक्त क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीभ झडपको अवस्था आएको थियो । आफ्नो सैनिक टोलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जनाएअनुसार सोमबार दिउँसो २स्३० बजे भारतीय सेना त्यस क्षेत्रबाट फर्केको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता चीनमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाने भएकाले पनि त्यसअघि विवाद समाधान गरिएको हो । भारतीय सेना फर्केपछि पनि आफ्नो सेनाले त्यस क्षेत्रमा गस्ती गरिरहने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वुआ छुन यिङले नियमित प्रेस ब्रिफिङमा बताएकी छन् । चीनले भारतलाई छिमेकी मित्रराष्ट्रका रूपमा निकै महत्त्व दिएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘भारत र चीनको सीमा सधैं शान्तिपूर्ण राख्ने र आपसी सम्मानका साथ त्यस क्षेत्रलाई विकासमा बढावा दिँदै अन्तर्राष्ट्रिय मापदण्डका आधारमा समस्याको समाधान गर्दै अघि बढ्नेछौं ।’ भारतीय विदेश मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै ‘दोक्लम क्षेत्रबाट छिट्टै पछाडि हट्ने सहमति भएको र त्यसको प्रक्रिया सुरु भइसकेको’ जनाएको थियो । ‘कूटनीतिक सहमतिका आधारमा दोक्लममा रहेका सीमा सुरक्षाफौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ता हुने क्रम जारी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । वक्तव्यमा दुवै देशका सेना पछाडि हट्ने वा भारतीय मात्र हट्ने भन्ने खुलाइएको छैन । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending