Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आफ्नै काकाद्वारा बलात्कृत १० बर्षिया बालिकाले बच्चा जन्माइन्

\"\"भारत । भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन् । यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेका थिए । विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन । केवल उनको पेटको शल्यक्रिया गरिने उनलाई भनिएको थियो । पेटमा ठूलो ढुंगा रहेकाले ठूलो भएको भनी उनलाई भनिएको थियो । उनले जन्म दिएको शिशुको तौल साढे दुई किलो रहेको छ । समय अगावै जन्मिएकी उनकी शिशुलाई हाल आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिंदैछ । आमा र बच्चा दुवैको स्वास्थ्य ठिकै रहेको बताइएको छ । ती शिशुलाई अन्य कसैले धर्मपुत्री बनाइ पाल्न सक्ने ठानिएको छ । बलात्कृत बालिकाकी काकालाई पक्राउ गरिएको छ । बालिकाले ती काकाले गत सात महिनाको अवधिमा आफूलाई पटकपटक बलात्कार गरेको बताइन् । उनी गर्भवती भएको जुलाईको मध्यतिर थाहा भएको थियो । त्यतिखेर उनले पेट दुखेको भनेपछि अस्पताल लगिएको थियो । चन्डीगढको एक स्थानीय अदालतले गर्भवती भएको निकै समय भइसकेको र सो अवस्थामा गर्भपतन गर्दा उनको ज्यान जोखिममा पर्ने सक्ने चिकित्सकहरुको राय भएको भन्दै उनलाई गर्भपतनको अनुमति दिएन । पछि सर्वोच्च अदालतले पनि तिनै कारणहरु देखाएर गर्भपतन गर्न अनुमति दिएन । यस घटनाबारे भारतमा निकै बहस भएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending