Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अमेरिकी नागरिकलाई उत्तर कोरिया जानमा प्रतिबन्ध

\"\"वासिङटन । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइनेगरी प्रतिबन्धात्मक व्यवस्था पनि लगाइएको थिएन । तर पछिल्लो समयमा उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश मन्त्रालयले निकालेकोले यात्रामा प्रतिबन्ध लगाइएको बताइएको छ । यसअघि एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा पक्राउ गरी लामो समय जेलमा राखिएको घटनाप्रति अमेरिकाले कडा विरोध गर्दै अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने बताउदै आएको थियो । उसको यो नयाँ नियम आगामी सेप्टेम्बर १ देखि सुरु हुने बताइएको छ । उत्तर कोरियामा अमेरिकी नागरिकलाई पक्राउ गर्नसक्ने खतरा रहेको भन्दै अमेरिकाले सो घोषणा गरेको हो । एकजना २२ बर्षीय अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले प्योङयाङमा नियन्त्रणमा लिएको थियो । उनलाई एक बर्षभन्दा लामो समयदेखि जेलमा राखिएको थियो । पछि उनलाई जेलमुक्त गरेको भए पनि उनको निधन भएको थियो । यो नयाँ प्रतिबन्ध कम्तीमा पनि एक बर्षसम्म जारी रहने छ । यस अवधिमा उक्त निर्णयको अवस्था हेरेर पछि अर्काे निर्णय गर्नपनि सकिने बताइएको छ । उक्त नयाँ नियम अनुसार कुनै पनि अमेरिकी नागरिकले उसँगको राहदानीबाट उत्तर कोरियाको भ्रमण गर्न पाउने छैन । उसले उत्तरको भ्रमणका लागि अर्काे एक विशेष कागजात प्राप्त गर्नुपर्ने छ । पछिल्लो समयमा उत्तर र दक्षिण कोरिया एवम् संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचमा ठूलो बिबाद जारी रहेको छ । उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणबाट उत्तर कोरियामाथि अमेरिका र संयुक्त राज्य अमेरिकाले नाकाबन्दी पनि लगाएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending