Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भर्ना अभियान सफल बनाउन चुनौतीको चाङ

सिन्धुपाल्चोक, वैशाख २ गतेबाट भर्ना अभियान सुरु गरिएको छ । गत वर्ष विद्यार्थी भर्ना अभियानमा खासै उपलब्धि गर्न नसकेको जिल्ला शिक्षा कार्यालयको यो वर्षको हविगत पनि अघिल्लो वर्षको भन्दा कम छैन । यस पटक जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विकट गाविस गुम्बाबाट भर्ना अभियान औपचारिक रुपमा सुरु गर्ने भएको छ । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔं, सबै बालबालिकाकालाई विद्यालय पठाऔं’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको छ । जिल्लाका विद्यालयहरुले भने वैशाख २ गतेबाट नै भर्ना सुरु गरिसकेका छन् । गुम्बा गाविसमा ३ सय ३५ जना विद्यालयबाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्का आधारमा जिल्लामा १० हजार ९ सय २० बालबालिका विद्यालयबाहिर छन् । जसमध्ये जिल्लाको हिमाली विकट गाउँका बालबालिकाको संख्या अधिक रहेकै कारण आगामी भर्ना अभियानमा समेट्न मुस्किल पर्ने देखिएको हो । अघिल्लो वर्ष भर्ना अभियानमार्फत विद्यालयमा भर्ना भएकामध्ये अधिकांश जनजाति र सीमान्तकृत बालबालिकाले बीचैमा पढाइ छाडकाले पनि यो वर्षको भर्ना अभियानमा चुनौती थपिएको हो । विद्यालयको तथ्याङकअनुसार ‘ड्रप आउट’ कै कारण कक्षा एकमा ७० जना विद्यार्थी भर्ना हुँदा कक्षा १० सम्म पुग्ने विद्यार्थी संख्या मुस्किलले २५ जनाको हाराहारिमा हुने गरेको छ ।  सुरुमा गाउँका सबै बालबालिका विद्यालयमा भर्ना भए पनि माथिल्लो कक्षामा चढ्दै जाँदा क्रमशः विद्यार्थी संख्या कम हुँदै जाने गरेको शिक्षकहरु बताउँछन् । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीका अनुसार बालबालिकामा मात्र नभई गाउँका अभिभावकहरुमा समेत चेतनाको कमी भएकाले यस्तो समस्या आउने गरेको छ । विभिन्न गैरसरकारी संस्थाहरुले बालबालिकालाई विद्यालयमा टिकाउन छात्रवृत्ति, टिफिन बक्स, झोला वितरणलगायतका कार्यक्रमहरु सञ्चालन गरे पनि विद्यालय छाड्ने क्रमलाई निमिट्यान्न पार्न नसकेको एक शिक्षकले बताए । भर्ना अभियानको लहरमा र प्राथमिक विद्यालयमा प्रवेश गर्ने बेला विद्यालयभरि विद्यार्थी हुने गरे पनि माध्यमिक तहसम्ममा त्यो संख्या न्यून हुने गरेको छ । जिल्लाका १५ गाविसमा प्राथमिक तहमा खाजा कार्यक्रम लागू भएको छ । विद्यालय नआउने र छाड्ने क्रम रोक्न शिक्षा कार्यालयले नौ गाविसमा अनिवार्य शिक्षा कार्यक्रम सञ्चालन समेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: