Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

मृत्युको मुखबाट बाँचेकि मन्त्री आशा कोइराला को हुन् ?

\"\"२०२६ सालमा गोरखामा जन्मिएकी आशा कोईरालाले स्नातक तहसम्मको अध्ययन गरेकि छिन् । २०४२ सालदेखि नै कम्युनिष्ट पार्टीमा संगठित कोईराला २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको संयोजक हुँदै २०५४ सालमा महिला संघको जिल्ला अध्यक्ष चयन भएकि थिइन् । राधा मा.वि जामुनेमा स्थायी शिक्षिका भएर कार्यरत कोईरालालाई २०५४ साल बैशाख १० गते संगठनकै कामको शिलशिलमा तनहुँको सतिश्वाराबाट प्रहरीले पहिलो पटक पक्राउ गरेको थियो । हात हतियार खरखजना मुद्दामा ३५ दिन हिरासत र १ महिना जेल राखेपछि पुनरावेदन अदालतले धरौटीमा रिहा गरेको थियो । त्यसपश्चात २०५५ साल साउनमा कोईरालाला प्रहरीले तनहु गुणादीस्थित आफ्नै घरबाट गिरफ्तार गरी शान्ति सुरक्षा एेन अन्तर्गत तनहुँ, कास्की, बारा, पर्सा र महोत्तरीका विभिन्न हिरासतमा नजरबन्दमा राखेको थियो । बन्दी प्रत्यक्षीकरणाको रिटमा अदालतबाट रिहाइको आदेश भएपनि अदालत परिसरबाटै पटक पटक प्रहरीद्वारा पक्राउ गरिएकी कोईरालाले तनहुँ, कास्की, जलेश्वर, विरगंज र केन्द्रीय कारागार काठमाडौंमा बन्दी जीवन बिताएकि थिइन् । २०५८ साल भदौमा तत्कालिन बिद्रोही माओवादि र सरकार बिच पहिलो चरणको वार्ताका क्रममा जेलमुक्त कोईरालालाई २०६२ साल जेठ ४ गते साभुङ गाबडाडाँबाट नेपाली सेनाको युनिफाईड कमाण्डले गोली हानी घाईते अवस्थामा पक्राउ गरेको थियो । उनी त्यहाँ बल्लतल्ल बाँचेकि हुन् । हातमा गोली लागि घाइते बनेकी कोईरालालाई सेनाले विजयपुर, समरसुर गुल्म चापाघाट हिरासतमा राखेको थियो र १८ दिनको नवरबन्दपछि आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण अन्तर्गत कर्तव्य ज्यान मुद्दामा कास्की काराकार चलान गरिएको थियो । २०६२/६३ को आन्दोलनका क्रममा जेल भित्रै अन्य आस्थाका बन्दीसहित आन्दोलित कोईरालालाई गणतन्त्र स्थापनासंगै २०६३ असारमा मुद्दा फिर्ता लिई रिहा गरिएको थियो । माओवादी केन्द्रीय सदस्य समेत रहेकी समानुपातिक सांसद कोईराला २०६० सालमा तत्कालिन विद्रोही माओवादीद्वारा घोषित जिल्ला जनसरकारको प्रमुख समेत हुनुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE