Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

२७ बर्षपछि सल्यानमा छायो खुशीयाली, मरिचमान सिंहपछि मन्त्री हुने बस्नेत को हुन ?

\"\"स्व पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठपछि सल्यानले दोस्रो पटक मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री सल्यानका टेकबहादुर बस्नेतले हिजो सपथ लिएका हुन् । सल्यान क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री भएका छन् । सल्यानबाट प्रतिनिधित्व गर्ने संसद र राजनीतिक दलहरुले लामो समयदेखि मन्त्रीमण्डलमा दाबी गरे पनि सल्यानले त्यस्तो उपयूक्त अवसर पाउन सकेको थिएन । पटक–पटक माओवादी नेता टेकबहादुर बस्नेत र एमालेका नेता प्रकाश ज्वालाको नाम आएपनि मन्त्री बन्न सफल भएका थिएनन् । २०४६ मा पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भए पनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाउँन सकेको थिएन । तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बने संगै अब सल्यानी राजनीति कुन दिशामा अघि बढ्ला भन्ने नयाँ प्रश्न समेत खडा गरेको छ । संम्भवत बस्नेतले पनि तेस्रो प्रयासमा मात्र मन्त्री बन्ने अवसर पाएका हुन् । यसअघि पटक पटक मन्त्री बन्ने माओवादी केन्द्रको सुचीमा रहेपनि अन्तिम समयमा उनलाई मन्त्रीमण्डलबाट बाहिरै राख्ने गरिन्थ्यो । राजनीतिक यात्राका क्रममा लामो त्याग,तपस्या र लगनशिलताले सत्तामा आइपुगेका बस्नेतले अब सामान्य प्रशासन मन्त्रीको रुपमा समग्र मुलुक र सल्यानलाई केन्द्रसँग जोड्न मन्त्रीको रुपमा कस्तो भूमिका खेल्लान् भन्ने विषय पनि निकै चासोका साथ हेरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातक गरेका बस्नेतले जेटिए भेटनरी समेत पढेका छन् । उनले राजनीति सँगसँगै २०६५ देखि २०६९ सम्म ४ वर्ष लगाएर–“नेपाली कम्यूनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु” को संग्रह र “संविधाननिर्माणमा जनसहभागिता, भाग–१”नामक किताब पनि लेखीसकेका छन् । संक्षिप्तमा टेकबहादुर बस्नेत नामः टेकबहादुर बस्नेत जन्म मिति : विसं २०२२ असोज १ जन्मस्थान : बा न पा ८,९ साबिक कोटमौला गाविस, वडा नं ३ बिउरेखोला पिता : स्व खिमलाल बस्नेत माता : स्व टिका कुमारी बस्नेत श्रीमती : ढाका बस्नेत दाइ/भाउजु : कुल बहादुर बस्नेत/जयकला बस्नेत पारिवारिक संख्या : ७ जना (२ छोरा र ३ छोरी सहित) अस्थायी निवास : मनमैजु– काठमाण्डौं शैक्षिक योग्यता : स्नातक भाषा : नेपाली, हिन्दी र अंग्रेजी जागीर : जनकल्यान मावि थारमारे सलयानमा अध्ययन गरि एसएलसीको परीक्षादिएर २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापन । २०४३ माघमा क्षेत्रीय पशुसेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा ३ महिना कार्यरत । २०४४ सालमा जिल्ला पशुसेवा कार्यालय रुकुम मुसीकोट र चौरजहारी पशुसेवा कार्यालयमा जागीर । २०४५ देखि २०४७ सालसम्म रुकुम जिल्लाको पशुसेवा कार्यालय प्वाङ्गमा र २०४८–४९ मा जिल्ला पशुसेवा कार्यालय, दाङ्ग घोराहीबाट पशुसेवाकार्यालय दाङ्गकै पंञ्चकुले हुँदै फेरी जिल्ला पशुसेवा कार्यालय रुकुमबाट सरुवा भई चौंरी फार्म डोल्पामा कार्यरत रहदा २०५० साल श्रावण मा सरकारी नोकरी सेवा बाट विदाई । भ्रमण : भारत, बंगलादेश, अमेरिका आदि । राजनीतिक दल : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वर्तमान जिम्मेवारीः सचिवालय सदस्य, माओवादी केन्द, संविधानसभा सदस्य–क्षेत्र नं १, सल्यान २०७० मंसिर ४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित । माओवादीको मात्र नभएर सल्यानकै एक प्रमुख पात्र हुन् बस्नेत । उनी कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिनुभन्दा त्यसको गहिराईमा पुगेर निर्णय लिने उनको स्वभाव छ । साथै निर्णयमा अडिक रहने उनको स्वभाव छ । बस्नेतको सल्यानी जनतासँग सम्वन्ध राम्रो छ । पहिले माओवादी केन्द्रका नेता/कार्यकर्तामाझ परिचित बस्नेतलाई पछिल्लो समयमा उनको सामान्य जीवनशैली र राजनीतिक शैली मन पराउँने अन्य पार्टी निकटसँग पनि राम्रो सम्बन्ध बनाउँन सफल रहेको विश्वास गरिन्छ । आफू वरिपरिकालाई विश्वासमा लिएर अघि बढ्ने उनको शैली रहेको बताउँछन् उनका प्रशंसकहरु । उनीसँग आफूप्रति वफादार नेता/कार्यकर्ताको पुरानो पंक्ति अझै छ, जसले उनलाई हरदम साथ दिन्छन् । बस्नेतको राजनीतिक यात्रा १) २०४२ मा १० महिने कृषि तथा पशु विज्ञानको कोर्शसंगै नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययन गर्दै अखिल विद्यार्थी संगठनमा आबद्ध । २) २०४७ असोजमा नेकपा मशालको सदस्यता प्राप्त, मंसीरदेखि पार्टीको तल्लो एकाई सेल कमिटीमा आबद्ध/संगठित । ३) २०५० भाद्रदेखि पूर्णकालिन जिल्ला पार्टी सदस्यको जिम्मेवारी प्राप्त । ४) २०५१ चैत्रमा सम्पन्न नेकपा एकता केन्द्र सल्यान जिल्लाको दोस्रो सम्मेलनबाट जिल्ला सेक्रटरीमा निर्वाचित । ५) २०५२ मंसीरको बैठकबाट जिल्ला सैनिक आयोगको प्रमुख । ६) २०५२ चैत्रदेखि २०५६ सम्म रुकुम र सल्यानको जिल्ला पार्टी सचिवालय सदस्य । ७) २०५६ भाद्रमा रुकुमबाट अलग भएपछि सल्यान जिल्ला पार्टी सेक्रेटरीमा नियुक्त । ८) २०५७ पौषमा सल्यान जिल्ला जनसरकार प्रमुख तथा फागुनमा पार्टी क्षेत्रीय व्यूरो सदस्य । ९) २०५८ मा जनमुक्ति सेना, नेपाल कम्पनी कमिस्नर । १०) २०५९ मा जनमुक्ति सेना, नेपाल तेस्रो बटालियन कमिस्नर । ११) २०६० मा जनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड सहकमिस्नर । १२) २०६० श्रावणमा पार्टी केन्दीय समिति सदस्यको जिम्मेवारी प्राप्त । १३) २०६१ को फून्टिबाङ्ग बैठकमाजनमुक्ति सेना,नेपाल तेस्रो ब्रिगेड कमिस्नर । १४) २०६२ असोजको चुनबाङ्ग बैठकमा जनमुक्ति सेना,नेपाल तेस्रो डिभिजन कमिस्नर, पार्टी तेस्रो सैन्यव्यूरो ईन्चार्ज । १५) २०६३ मा शान्ति प्रक्रियापछि सल्यान जिल्ला पार्टी ईन्चार्ज । १६) २०६४ चैत्र २८ गते,सल्यान–१ बाट संविधानसभा सदस्यमा निर्वाचित । १७) २०६९ माघ २०–२६ सम्म सम्पन्न हेटौंडा महाधिवेशनबाट पार्टी केन्दीय समितिमा निर्वाचित । १८) २०७० मंसीर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा,सल्यान–१ बाट पुनःसंविधानसभा सदस्यमा निर्वाचित । क) संविधानसभा अन्तरगत–संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य, ख) संसदीय सुनुवाई विशेष समिति सदस्य, ग) सार्वजनिक लेखा समिति सदस्य, २०७०/१२/१४ गतेको बैठकबाटः संविधानसभा सदस्य रोलक्रम–१८३ १९) २०७१ बैशाख १८–२३ सम्म विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी केन्दीय समिति सदस्यमा निर्वाचित । २०) २०७३ जेष्ठ ६ गतेको पार्टी एकताअधिवेशनपछि बसेको पहिलो पोलिटब्युरो बैठकबाट पार्टी केन्दीय सचिवालयमा निर्वाचित । २१) २०७२/०६/०३ गते, संविधानसभाबाट संविधान निर्माणपछि २०७३/०५/२४ गते,आफ्नै पार्टीको नेतृत्वमा बनेको संघीय गणतान्त्रिक नेपाल सरकार, र संसदीयदलको मूख्य सचेतकको जिम्मेवारी सम्हालेको । २२) २०७४ जेष्ठ २३ गतेदेखि २०७४ श्रावण ४ सम्म संसदीयदलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेको बस्नेत ०६४ साल चैत्र २८ मा सम्पन्न पहिलो संविधानसभा चुनावमा सल्यान क्षेत्र नम्बर १ बाट पहिलो पटक सभासद पदमा पुगे । उनी ६ वर्ष पछि अर्थात् ०७० साल मंसिर ४ मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पुनः सल्यान क्षेत्र नम्बर १ बाटै प्रत्यक्ष जननिर्वाचित सांसद हुन सफल भए । ०७३ साल भदौ २४ गतेदेखि ०७४ं साल साउन ११ सम्म उनी माओवादी संसदियदलको प्रमुख सचेतक भए । साउन ११ मा नै बस्नेत सल्यान जिल्लामा २८ वर्ष पछि सामान्य प्रशासन मन्त्री बन्न सफल । साभारः एभरेष्ट दैनिकबाट  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE