Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

काठमाडौं सडकका खाल्टा पुर्ने काममा तीव्रता, प्रधानमन्त्री कार्यालयले गर्यो अनुगमन

\"\"काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडकका खाल्टा पुर्ने कामको अनुगमन गरी सरोकार भएका कार्यालयलाई समन्वय गरेर छिटो पुर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा आज बिहान नयाँ बानेश्वर–पुरानो बानेश्वर–गौशाला–चावहिल–चुच्चेपाटी–बौद्ध–जोरपाटी क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा चावहिलमा १० वटा ठूला खाडल अझै पुर्न बाँकी रहेको भेटिएको उक्त कार्यालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिएका छन् । “बौद्धको सडकमा थप सुधार गर्नुपर्ने आवश्यकता देखियो, कम हिलो भएको ढुंगा, गिट्टी राख्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनालगायत सरोकार भएका कार्यालयलाई निर्देशन दिइएको छ” –उनले भने । अनुगमन समूह जोरपाटीबाट फर्केर चावहिल–गोपीकृष्ण हल–सुकेधारा–नारायण गोपाल चोक–गोल्फुटारसम्म, नारायण गोपाल चोकबाट सामाखुसी–बालाजु, फेरि नारायण गोपाल चोकबाट महाराजगञ्ज–लाजिम्पाट–लैनचौर–रत्नपार्क–सहिदगेट–त्रिपुरेश्वर–टेकु–थापाथली–बबरमहलसम्म पुगेको थियो । अनुगमनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरे र भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको समूह सहभागी थियो । अनुगमनका क्रममा केही स्थानका खाल्टाखुल्टी भने राम्रोसँग पुरिएको भेटिएको कार्यालयले जनाएको छ । लैनचौरबाट नारायण गोपाल चोकसम्मको सडकमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर–टेकु सडकका ठाउँठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुवै भागका सडकमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको छ । अनुगमनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय, सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, काठमाडौँ उपत्यका विकास प्राधिकरण, खानेपानी तथा ढल निकास विभागलगायतका सरोकार भएका कार्यालयका अधिकारीको पनि सहभागिता थियो । अनुगमनपछि अन्तरनिकाय समन्वयको आवश्यकता देखिएको उक्त कार्यालयका आर्थिक र पूर्वाधार महाशाखा प्रमुख रेग्मीले बताउनुभयो । समन्वयको पहल गर्न आज दिउँसो ३ बजे सरोकार भएका कार्यालयका प्रमुखको बैठक प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको उहाँले बताउनुभयो । उपत्यका सडक विस्तार आयोजना प्रमुख दीपक केसीले मेलम्चीको पानी वितरणका लागि पाइप खनिएको स्थानमा आयोजना कार्यान्वयन निर्देशनालयले खाल्टाखुल्टी पुर्ने काम गरिरहेको जानकारी दिए । “पाइप नबिच्छ्याइएका तर सडक विस्तार भइरहेका स्थानमा आयोजनाले खाल्टा पुरिरहेको छ, खाल्टा पुर्न विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, उपत्यकाका डिभिजन कार्यालय पनि सक्रिय छन्, केही दिनमा सबै खाल्टा पुरिसकिन्छ” – उनले भने । त्रिपुरेश्वर–टेकु सडक कालोपत्रेका लागि तयार भएकाले भदौ दोस्रो सातापछि नै पूरा गर्ने गरी तयारी भएको आयोजनाले जनाएको छ । उपत्यकाका सडकमा खाल्टा भएका कारण एक छात्राको मृत्यु भएपछि साउन १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्टा पुर्न सरोकार भएका कार्यालयका प्रमुखलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्टा पुर्ने कामले तीव्रता पाएको छ । साउन १५ सम्ममा उपत्यकाका सडकमा भएका ठूला खाल्टा पुरिसकिने भएको छ । आठ मिटर चौडाभन्दा ठूला खाल्टा सडक विभाग, विस्तार आयोजना, मध्यमाञ्चल सडक निर्देशनालय र डिभिजन सडक कार्यालयले पुरिरहेका छन् । चौडाइमा आठ मिटरभन्दा साना सडक पुर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE