Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

नियमविपरीत रहेका क्रसर सञ्चालनमा रोक

\"\"खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाले नियमविपरीत सञ्चालनमा रहेको क्रसर उद्योगमाथि रोक लगाएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित राँकेडाँडामा नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगमाथि रोक लगाइएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने काम गरिरहेको ठेकेदारले अनधिकृत रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएपछि क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताएका छन् । ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि सञ्चालनमा रहेको क्रसर उद्योगले सदियौँदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरे क्षेत्रको अस्तित्व संकटमा पारेकाले तत्काल क्रसर उद्योगलाई अन्यत्र हटाउन भनिएको हो । क्रसर उद्योगका कारण किरात समुदायको सांस्कृतिक धरोहरका रुपमा रहेको राँके मेला लाग्ने चउरमा गिट्टी र ढुंगा थुप्रिएको छ । क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भएपनि नगरपालिका, स्थानीय निकाय, वन कार्यालय लगायतको अनुमतिबिना नै मनोमानी ढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको छ । महुरे प्राकृतिक सामुदायिक वन नुनथलालाई वार्षिक रु ४० हजार र रातमाटे लुम्रे सामुदायिक वन बुइँपालाई वार्षिक रु २० हजार दिने सम्झौतामा ठेकेदारले क्रसर उद्योग सञ्चालनमा ल्याएको बताइन्छ । दुई सामुदायिक वन र ठेकेदारबीचमा तीन वर्षका लागि क्रसर सञ्चालन गर्ने सम्झौता भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE