Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

यस्ता छन माओवादी केन्द्र सचिवालय बैठकका ५ मुख्य निर्णयहरू

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रले साताव्यापी लामो बैठकको निर्णय सार्वजनिक गरेको छ । गत सोमबारदेखि शुरु भएको केन्दीय सचिवालको बैठकका निर्णय आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । बैठकमा सचिवालय सदस्यका अतिरिक्त जिल्ला र प्रदेश इन्चार्ज र संयोजकहरुको समेत उपस्थिति थियो । निर्वाचनको समीक्षा, राजनीतिक कार्यदिशा र संगठनात्मक विषयमा केन्द्रीत छलफलको निश्कर्ष यस प्रकार रहेको पार्टीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । बैठकमा प्रचण्डले पार्टी निर्णयका बारेमा जानकारी गराएका थिए । बैठकका निर्णयहरुः १। सहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै अगाडि बढेको बैठकको प्रारम्भ अध्यक्ष क। प्रचण्डबाट कार्यसूचिसहित पार्टी संगठनका चुनौती र निर्वाचन परिणामको सम्बन्धबारे गम्भीर समीक्षात्मक विश्लेषण प्रस्तुत गर्दै बैठकको महत्व र भूमिकाबारे प्रकाश पार्ने काम भयो । २। कार्यसूचिहरुमाथि गम्भीर बहस, छलफलपश्चात बैठकले निर्वाचन परिणा अपेक्षा अनुसार नहुनुका पछाडि मुख्यतः वैचारिक राजनैतिक कार्यदिशामा स्पष्टताको कमी, पार्टी विभाजनको असर, संगठनात्मक अराजकता र कमजोर जनसम्बन्ध, बैठक बस्न नै कठिन हुने भारी भरकम कमिटिही ९जसलाई भंग गर्न प्रस्तावित गरिएको छ०, निर्वाचन परिचालनमा अनुभव र कुशलताको कमी, उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको पहचिान र अधिकार स्थापित गर्ने पहल र सक्रियतामा कमी, पार्टीभित्र देखिएको गुटबन्दी र घात अन्तरघातको दुष्प्रभाव, पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामहरुको व्यवस्थिति प्रचारको कमी आदिलाई ठहर गरेको छ । ३। आफ्ना तमाम आन्तरिक कमी कमजोरीका वावजूद जनताले पार्टीप्रति ठूलो भरोसा गरेर यथास्थितिवादीहरुको वैकल्पिक शक्तिका रुपमा स्थापित गरेको तथ्यलाई आत्मसात गर्दै र कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्दै पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने लाखौं जनताप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गरेको छ । ४। बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन बैद्य ‘किरण’, डा बाबुराम भट्टराई र नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वका घटक र सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई अपील गरेको छ । ५ । राजनैतिक स्थिरता, आर्थिक विकास र समृद्धि एवं राष्ट्रिय एकताको सुदृढिकरणका लागि बैठकले जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी प्रमुख अनिवार्य रहेको तथ्यलाई पुनः उजागर गर्दै त्यसका निमित्त अगाडि आउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनतालाई अपील गरेको छ । साथै सर्वसाधारण जनताले प्रतिष्पर्धा नै गर्न नसकिने गरि खर्चिलो र बोझिलो बन्न र्गएको वर्तमान निर्वाचन प्रणालीलाई पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत सच्च्याउन पनि बैठकले सबै राजनैतिक दलहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE